मूल प्रवाहद्धारा दाहसंस्कार

सिलवास । जिल्ला बर्दिया राजापुर नगरपालिका वार्ड नं ३ नांगापुर निवासी जनक थारुकी श्रीमती वर्ष २४ को उपचारको क्रममा निधन भएको छ । श्रीमान जनक थारुले श्रीमती बिरामी भएर सिलवासको सिविल हस्पिटलमा एडमिट गराउनु भएछ जाँच पड्ताल गर्दा श्रीमतीलाई सिकल सेल भन्ने बिमारीले पहिलादेखि नै चापेको रहेछ साथै डेंगु भएको पनि पुष्टि भएको डाक्टरको रिपोर्ट अनुसार थाहा भयो मरिज प्रमिला थारुलाई बचाउनप्रति श्रीमानले हरसम्भव कोशिस गर्नुभयो तर, उहाँको ज्यान बचाउन सक्नुभएन आफन्ती छोटेराम थारु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्यलाई खबर गरेका थिए । छोटेराम थारुको जानकारी अनुसार उहाँ सिकिस्त हुनुहुन्थ्यो ।

समाजका साथीहरू प्रविण सिंह काउछा, रमकला काउछा, श्रीधर शर्मा, विष्णुमाया शर्मा सहितको टिम हस्पिटल पुग्नुभन्दा पहिल्यै उहाँको निधन भइसकेको थियो । निधनको तारिक ७ डिसेम्बर २०२३ को साँझ ४ बजे प्रशासनिक प्रक्रिया पूरा गरि ८ डिसेम्बर २०२३ को दिन नरोली शमशानघाटमा मूल प्रवाहको पहल एवं आफन्तजनको उपस्थितिमा दाहसंस्कार गरिएको छ ।

श्रद्धाञ्जली सभा नगर सदस्य मानबहादुर थापाको अध्यक्षतामा अतिथि क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा सञ्चालन छोटेराम थारुले गर्नुभएको थियो । साथै उपस्थित सम्पूणर् साथीहरूले आफ्नो सक्दो सहयोग गरि रु. १६,००० प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार