रोहतक नस अन्तर्गत सिटी एरियाको पुर्ण गठन

धर्म सुनार प्युठानी

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने सिटी एरियाको पुर्ण गठन गरीएको छ ।

नगर समितिका अध्यक्ष सुभाष गौतम नगर बरिष्ठ सदस्य गणेश शर्मा र पश्चिमोत्तर क्षेत्रीय सदस्य रेशम बिकको बिशेष उपस्थितिमा सिटी एरिया समिति पुनर्गठन गरिएको छ । पश्चिमोत्तर क्षेत्रीय सदस्य रेसम बिकले बिभिन्न संगठानीक बिषयमा आबस्यक छलफल चलाउनु भएको थियो । तत्पश्चात सात पुर्ण चार बैकल्पिक चार सल्लाहकार गरी १५ सदस्यीय सिटी एरिया समिति पुनर्गठन गरिएको हो ।

जसमाः अध्यक्ष- हेमन्त भुसाल, उपाध्यक्ष- ऋषिराम शर्मा, सचिव- खेमबहादुर गहतराज, सहसचिव- डिलुराम भट्टराई, कोषाध्यक्ष- खेमबहादुर कुमाल, सदस्य- मिना कुमाल, बिशाल श्रेष्ठ, सुशिला सुनार र एक स्थान रिक्त, बैकल्पिक सदस्यहरूमा- महेश कुमाल, अनिता गौतम र शोभा राणा रहनुभएको छ । त्यस्तै भेलाले सल्लाहकारहरुमा- गणेश गौतम, गोपाल जिसीलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारमा एक स्थान रिक्त राखेको छ ।

नवनिर्मित समितिलाई नगर अध्यक्ष सुभाष गौतमले कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार