नेपाली महिलाको जयपुरमा शंकास्पद मृत्यु

जयपुर । राजस्थानको जयपुरमा रामेछाप जिल्लाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । रामेछाप जिल्ला, गोकुलगंगा गाउँपालिका ४, बेताली बन्चरे माईत तथा दोलखा जिल्ला, तामाकोशी गाउँपालिका मालु ४ चापाबोट घर भएकी संगीताको १३ दिसम्बर २०२३ का दिन जयपुरमा मृत अवस्थामा भेटिएकी छिन् ।

उनको घाँटीमा धारिलो हतियारले रेटिएकोछ । संगीताकी दिदी गीता रोक्काले बताए अनुसार संगीता दिवाली भन्दा चार दिन अघि मात्रै जयपुर आएकी थिईन् ।

उनलाई उनका श्रीमानले जयपुरको बापुनगरमा काममा लगाई दिएका थिए भने आफुले अर्कै ठाँउमा काम गर्थे। आईतवार १० दिसम्बर का दिन संगीता श्रीमानको रुममा आएको र बुधबार १० बजे घाँटीमा धारिलो हतियार प्रयोगगरी मृत अवस्थामा फेला परेकी थिइन् । उनका श्रीमानलाई पुलिसले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार