भिवाडीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि शालिकराम आचार्यले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

नगर अध्यक्ष काजीराम श्रेष्ठको अध्यक्षता, कृष्टी राइको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहिदहरु प्रती एक मिनेट मौनधारण पछि सहभागिहरुलाई नगर सदस्य नारायण शर्माले स्वागत भाषण गर्नु भएको थियो ।

प्रमुख अतिथी केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य अतिथि पश्चिमोत्तर क्षेत्रीय सदस्य पिनु थापा, केन्द्रीय पार्सद राम बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष रामप्रसाद घिमिरे, भिवाडी नगर समितिबाट कोषाध्यक्ष किशोर राईको अतिथी ग्रहण गर्नुभएको थियो ।

पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रशिक्षक पिनु थापाले सङ्गठनको अनुशासनको बारेमा प्रशिक्षण दिनु भयो भने प्रमुख अतिथी केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष शालिकराम आचार्य स्वदेश तथा बिदेशको राजनीतिक परिवेशको बारेमा प्रस्ट पार्नुभएको थियो ।

प्रशिक्षार्थीलाई शुभकामना मन्तब्य दिनेहरुमा क्रमश केन्द्रीय पार्सद राम बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय कोषाध्यक्ष राम प्रसाद घिमिरे, भिवाडी नगरसमितिबाट कोषाध्यक्ष किशोर राई, भिवाडी नगर समिति महिला बिभागबाट सृष्टि राई, भिवाडी नगर समिति बिद्यार्थी बिभागबाट रानी थापा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार