केजरीवाल क्याबिनेटमा महिला शून्य

नयाँ दिल्ली । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मन्त्रिमण्डलमा महिलाको उपस्थिति शून्य रहेको छ । विधानसभा चुनावमा महिला मतदाताको अपार समर्थन र महिला नेतृको उत्कृष्ट प्रदर्शनका कारण सो पार्टीले ७० मध्ये ६२ सिटमा जित हालिस गरेको सिएसडिएस नाम एक संस्थाले गरेको एक सर्वेक्षण विपरीत महिला सहभागिता शून्य देखिएको हो ।

चुनावको अघिल्लो साँझ सम्पन्न सर्वेक्षणकाअनुसार ४९ प्रतिशत पुरुषका अनुपातमा ६० प्रतिशत महिलाले आम आदमी पार्टीलाई मत दिने बताएका थिए । यसअघि २०१५ को चुनावको तुलनामा आपको विधानसभा सिट सङ्ख्यामा कमी आएको छ । तर महिला विधायकको सङ्ख्यामा वृद्धि भएको छ । २०१५ को चुनावमा आपले ६७ सिट जितेको थियो, जसमा ६ महिला थिए । २०२० को चुनावमा ६२ विधायक जित्दा आठ विधायक महिला छन् । यसका बाबजुद केजरीवालले आफ्नो क्याबिनेटमा एकजना पनि महिलालाई स्थान दिएका छैनन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार