काठमाडौं– बैंकिङ कसुरका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ।
बैंकिङ कसुरमा १० दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाइएका पर्वतको कुश्मा नगरपालिका–१० घर भएका सरोज खातीलाई पक्राउ गरिएको छ।
त्यसैगरी २३ दिन कैद र ८० लाख रुपैयाँ जरिवाना सुनाइएका स्याङ्ज्याको आँधिखोला गाउँपालिका–३ घर भएका ६१ वर्षीय भीमबहादुर विश्वकर्मा पक्राउ परेका छन्।
दुबै जनालाई कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।