युरोपीय विमान आयातमा करवृद्धि गर्ने अमेरिकी निर्णय

वासिङटन । युरोपेली युनियन (इयू) मा निर्माण हुने विमानको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङटन र इयूबिचको व्यापार विवाद अझ बढाउने एअरबसले शनिबार बताएको छ ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) को निर्णयले अमेरिका र इयूबीचको व्यापार तनावलाई अझ बढाउने छ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीलाई थप सङ्कटमा धकेल्ने छ’ युरोपेली विमान निर्माताले एक विज्ञप्ती जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ । यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव छैन । फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नुपर्ने हुन्छ । अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ ।

युएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८देखि लागु हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट पा“च प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो । एअरबसले भनेको छ– ‘यो नयाँ अमेरिकी निर्णयले एअरबस र अमेरिकाबिच यस पहिले छलफलमा रहेका विषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्ने छ । यो निर्णय पश्चातापपूर्ण रहने छ ।’ यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ ।

अमेरिका र इयूबिच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को आग्रहलाई मान्न अस्वीकार गरेको दुवै पक्षले एक–आपसमा आरोप लगाउँदै आएका छन्, जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार