धनुषाको हंसपुरमा दुई समूहको विवाद

काठमाण्डाै – धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ ।

स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।

स्थानीयबासिन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै दुई वटा मोटरसाइकल पनि जलाएका छन् । अवस्था सामान्य बनाउन प्रहरीले हवाई फायर गरेको छ ‌। प्रहरीको गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ ।

हिजो बेलुका दुई समूहको विवाद हुँदा मिलाउन पुगेका ६५ वर्षीय दीपनारायण मण्डल (दीपा) माथि नै कुटपिट भएको र उहाँको उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक अवाले बताउनुभयो । यो घटनालाई लिएर स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार