मूल प्रवाह अभानेएस वापी पश्चिम नगर समिति पुनर्गठन

वापी, २३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय  समिति अन्तर्गत वापी पश्चिम नगर समिति पुनर्गठन गरिएको छ ।  वापी पश्चिम नगर समितिका कृष्ण कुँवर लगायत केही कार्यकर्ताहरुले संगठन विरुद्ध गतिविधिहरुमा संलग्न भएको पाइएकोले उनीहरुलाई संगठनबाट निष्काशन गरिए पश्चात सो समिति विघटन भएको थियो ।
आइतबार २३ फरवरीका दिन सम्पन्न भेलाद्वारा प्रविण सिंह काउछाको अध्यक्षतामा नगर समिति वापी पश्चिम पुनर्गठन गरिएको छ । समितिमा उपाध्यक्ष– जगत जोशी, सचिव– लोकेश परियार, सहसचिव– करन आउजी र कोषाध्यक्षमा संजय आउजी रहनुभएको छ । त्यस्तै सदस्यमाः जगत सिंह, महेश थापा, विशाल थापा, हिमाल शाही, सुरज दमाई, गंगा आचार्य, त्यस्तै वैकल्पिक सदस्यमाः रिम बहादुर राना र निर्मला परियार रहनुभएको छ । सम्पन्न भेलाले रमकला काउछा र देवीकला परियारलाई सल्लाहकार चयन गरिएको छ ।
भेला केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन जगत जोशीले र अध्यक्षता प्रविण सिंह काउछाले गर्नुभएको थियो, कार्यक्रममा सहभागिहरुलाई जगत सिंहले स्वागत गर्नुभएको थियो । नयाँ समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले शुभकामना तथा बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार