शताब्दी स्मृतिमा

कृष्णा राना, दांग

क. लेनिनप्रती हार्दिक

श्रद्धाञ्जली !
संसारका कम्युनिष्ट
सम्झिरहेका छन् क.
लेनिनलाई झलझली !
मानव जातीको इतिहास
क. लेनिनको सबै भन्दा
ठुलाे याेगदान ,
उहाँकै नेतृत्वमा रुसमा
समाजवादी क्रान्ति सफल
अवसरवादी धाराहरु
उहाँहरुकाे पाला पनि
देखा नपरेका हाेइनन्
उहाँहरुलाई कडा संघर्ष
गर्नु नपरेकाे होइन
त्याे बेला भन्दा अहिले
झन अवसरवादी धारा
माैलाउदै गएका छन् ,
त्यसकाे परिणाम स्वरुप
अहिले कम्युनिष्ट पार्टी
नै धरापमा परि रहेकाे छ।
क. लेनिनका पालामा
अवसरवादी धारले गर्दा
क्रान्तिबाट प्राप्त उपलब्धि
गुम्ने खतरा थियाे,
अहिलेकाे अवस्थामा
कम्युनिष्ट पार्टी नै विसर्जन
हुने खतरामा छ ।
लेनिनलाइ सम्झनु छ
क्रान्तिकारी पार्टि
निर्माण गर्नु छ
गरिव जनताको
मुक्ति आन्दोलनलाई
सफल पार्नु छ ।

सन्दर्भ :(लेनिन स्मृति दिवस)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार