ओखला नगर समिति पुनर्गठन

ओखला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत ओखला नगर समितिको पूनर्गठन गरिएको छ ।

प्रविण गुरुङको अध्यक्षता एवं तिलक पाण्डेको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पिनु थापाले आतित्थ्यता गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चिात कृष्ण कुँवरले स्वागत मन्तव्य दिनुभएको थियो । भेलाको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।

पिनु थापाले नयाँ समितिको घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– तिलक पाण्डे, उपाध्यक्ष– केशव थापा, सचिव– अर्जुन केसी, सहसचिव– विशाल क्षेत्री, कोषाध्यक्ष– नर बहादुर रेश्मी रहनुभएको छ । त्यस्तै सदस्यमाः प्रविण गुरुङ, दिल बहादुर राहुँ, मान बहादुर चौहान, वैकिल्पक सदस्यमाः गोपाल चौधरी, बसन्त थापा र प्रतिमान आले रहनुभएको छ ।

नयाँ समितिलाई कपिल खनालले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार