अरोभिल कोइलापालायाम एरिया भेला सम्पन्न

पाण्डेचेरी, २३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल कोईलापालायाम् एरिया समितिको छैटौं भेला सम्पन्न भएको छ ।

मेघराज पौडेलको अध्यक्षता र नगर अध्यक्ष जनक राज पौडेल, सदस्य चन्द्रकान्त शर्माको उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।

संगठन, भारतमा कार्यरत नेपालीहरु साथै देशको समसामायिक राजनीति घट्ना बारे व्यापक छलफल पश्चात मेघराज पौडेलको अध्यक्षतामा सात पुर्ण, दुई वैकल्पिक, दुई सल्लाहकार गरि एघार सदस्यीय अरोभिल कोईला पालायाम् एरिया समिति गठन गरिएको छ । जसमाः उपाअध्यक्ष– मोती प्रसाद पौडेल, सचिव– दिपक पौडेल, सहसचिव– लिला राज ढुंगाना, कोषाध्यक्ष– सावित्रा शर्मा, सदस्यमाः दिनेश सापकोटा, गणेश पौडेल, सल्लाहकारमाः मेघराज थारु र भवानी प्रसाद शर्मा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार