डिजर-कारले ठक्कर दिंदा चार जना नेपाली निधन

सोनीपत । जनवरी २७, २०२४ शनिबार राती १२ः३० बजे डिउटीबाट आउँदै गर्दापछाडीबाट आएको डिजर-कारले ठक्कर दिंदा चार जना नेपाली श्रमिकहरुले घट्ना स्थल मैं ज्यान गुमाएका छन् । एक जना गम्भिर घाइयल अवस्थामा रहेको स्थानीय प्रशासन एवं मिडियाहरुले बताएका छन् ।

ज्यान गुमाउनेहरुमा दल बहादुर रायमाझी- अर्घाखाँची, कुमार खत्री- ओखलढुंगा, खिला बहादुर मगर ओखलढुंगा र अर्जुन सुनुवार- सर्लाही रहेका छन् । घायत ओखलढुंगाका दिल बहादुर मगर रहेको पहिचान खुलेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पिनु थापाले हामीलाई घट्ना स्थलबाट दिनुभएको जानकारी अनुसार घटनाको एफआइआर पश्चात पोष्टमार्टम गराई आज जनवरी २९, २०२४ का दिन दाहसंस्कार गरिएको छ ।

कुमार खत्री र अर्जुन सुनुवारको दाहसंस्कार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा गरिएको थापाले जानकारी दिनु भयो । मृतकहरुलाई क्षतीपूर्ति दिलाउने बारे आफूहरु संघर्षरत रहेको समेत थापाले बताउनु भएको छ । घट्ना स्थलमा रोहतक नगर समितिका सुभाष गौतम, गणेश शर्मा, रेसम बिक, विक्की परियार र धर्म सुनार पनि पुग्नु भएको थियो । त्यस्तै सोनीपत नगर समितिका अधिकांस नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पातुङागा निवासी दल बहादुर रायमाझी अखिल भारत प्रवासी नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं सोनीपत नगर समितिका अध्यक्ष समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार