हिसाब लिन मनछ (कविता)

#रवि पौडेल

डप्फा छुट्याउन मनछ
डप्फा यहाँ रगतको होइन
ठुला भ्रस्टाचारी
मझौला भ्रस्टाचारी
र साना भ्रस्टाचारीको ।
अनि, ठुला भु-माफिया
मझौला भु-माफिया
र साना भु-माफियाको ।
त्यस्तै, कमिशन, चोरि, डकैती
लुटेरा, हत्यारा र बलात्कारकारीको उद्योग धन्दा
माटो, गिट्टी र सिमा बेच्नेको मानव
र नागरिकता बेच्ने दलालको ।
देशको अस्मिता र इज्जत बेच्नेको ।
गुलामी गर्नेहरुको
दलाल र दलालीको ।
यति गरिसके पछि
हिटलर बन्न मनछ
पापी र अधर्मि
देश र जनता माथि खेलवाड गर्ने
बैमानीहरुसँग हिसाब किताब लिन मनछ
मेरो राष्ट्र र रास्ट्रियताको लागि
दुष्मनसँग पैंठेजोरी खेल्दै
हाँस्दै सहादत्त प्राप्त गर्न मनछ ।
मितिः फेब्रुअरी ७, २०२४

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार