- ज्ञानप्रसाद भुसाल
मित्रता, शिक्षक र अनुशासनको रूपमा सदैव जीवित हुनुहुन्छ कामरेड मित्रलाल शर्मा । कुनै व्यक्तिको जन्म भएपछि मृत्यु अवश्य हुन्छ । कुनै मानिस गुमनाम जिन्दगी बिताएर मर्छन् भने कुनै मृत्यु पछि पनि विचार, सिद्धान्त र व्यवहारका कारण युगौंयुगसम्म पनि जीवित रहने गर्छन् । त्यस्तै एक जना व्यक्तित्व हुनुहन्थ्यो कामरेड मित्रलाल शर्मा । (२६ फरवरी २०१६) मृत्यु भएको आठ वर्ष बितिसक्दा पनि आत्मीयता र आदर्श व्यक्तित्वको रूपमा जीवित हुनुहुन्छ । वहाँ ६४ वर्षको उमेरमा देहवासन हुनु भएको थियो । हालांकि ११ दिनसम्म उहाँलाई अस्पतालमा उपचारको दौरान शारिरिक र मानसिक पीडाको कठोर सामना गर्दै संघर्ष गर्नु पर्यो । जुन प्रकारको स्थितिमा उहाँको निधन भयो त्यो शारिरिक कष्ट भन्दा पनि मानसिक पीडा प्रमुख थियो ।
कमर या कन्धाको हड्डी भाँचिएर कुनै व्यक्तिको मृत्यु हुने सम्भावना न्यून हुन्छ । कामरेड मित्रलाल पनि शारिरिक पीडादेखि उभ्रीनु भएको थियो र हड्डी रोग विशेषज्ञले घर लैजान सक्ने भनिसकेका थिए । सावधानी सामान्य भए पनि एक पटक ह्रृदयरोग विशेषज्ञलाई जाँच गराउने सलाह दिएको कारणले अन्य अस्पतालमा लैजान परेको थियो । अस्पताल भित्र पसेको एक घण्टा नबितदै त्यस्तो के भयो कि उहाँको सांस सदाको लागि थामियो ? एउटा अस्पतालदेखि अर्को अस्पतालसम्म जाँदा पनि कारको अगाडीको सीटमा बसेर राम्रोसँग कुरा गर्ने, मजाक गर्दै, साथीहरुसँग फोनमा कुरा गर्दै केही दिन घर आराम गर्ने विश्वास दिलाउँदै संगठन र पार्टीको लागि जिम्मेदारी निभाईरहने प्रतिबद्धता जताई रहँदा करीब एक घण्टा पछि ह्रदयरोग विशेषज्ञसँग भेट्न अस्पतालको दूरी नापिएको थाह नै पाइएन ।
अस्पताल भित्र पसेपछी एक घण्टा नबितदै उहाँको निधन हुनु कुनै स्वाभाविक घटना लाग्दैनथ्यो तर, के गर्ने ? आज पनि त्यो दृश्यलाई स्मरण गर्दा मन र मस्तिष्क अत्यन्त व्यथित हुन्छ । एउटा हात र कमरको हड्डी टूटफूट भएर कुनै व्यक्तिको मृत्यु हुँदोरहेछ । यो कुरा चिकित्सकले मात्र नभएर सामान्य व्यक्तिलाई पनि लाग्न सक्छ । केही हदसम्म चिकित्सकको लापरवाही त धेरै जसो उहाँको मानसिक पीडाको दौरानमा महशुस हुन्थ्यो । उहाँको निधन हुनुभन्दाको पहिलो रात अत्यन्त कष्टकारी वितेको थियो । यो कुरा म प्रत्यक्ष आफै वहाँ मौजूद भएकोले थाह छ । अर्को दिन बिहान काउंसलिंग र चिकित्सीय जाँच रिपोर्ट हेरेपश्चात उहाँका आफ्न्तजनहरुसँग भएको कुराबाट पुष्टि हुन्छ । चिकित्सक अनुसार निधन हुनुभन्दा एक रात पहिला उहाँलाई हल्का या भनौ पहिलो ह्रदयाघात भएको थियो । त्यस कारणले उहाँलाई ह्रदयरोग विशेषज्ञलाई देखाउने सलाह अनुसार बीर अस्पताल लैजानु परेको थियो । आजपनि त्यो घटना याद गर्दा मन दुःखी मात्र हुँदैन बल्कि अस्पताल बदलेको पश्चाताप पनि हुन्छ ।
कामरेड मित्रलाल शर्माको निधनले हाम्रो पार्टी, संगठनलाई क्षति पुग्यो । जुन परिस्थितिलाई पनि सम्भालने र विषयवस्तुको सहजता विश्लेषण गर्ने क्षमता उहाँमा भरिएको थियो । समय प्रबन्धन र निणर्य लिने क्षमताको कारणले आज पनि उहाँसँग काम गरेका कार्यकर्ताहरुले वहाँको कमी महसूस गरिरहेका छन् । मैट्रिकसम्मको शिक्षा नभएता पनि उहाँको लेखन शैली, बोलने कला, जो जस्तो छ, उसै शैलीमा जवाफ दिने ज्ञान अर्को व्यक्तिमा त्यसप्रकारको शैली नहुन सक्छ । उहाँको यही व्यक्तित्वले विरोधीहरुमा पनि आलोचना गर्ने साहस थिएन । वैचारिक रूपले सैद्धान्तिक र व्यवहारिक रूपमा कामरेड मित्रलाल शर्माले मित्रवत व्यवहार गर्नुहुन्थ्यो ।
कामरेड मित्रलाल शर्मामा विषम परिस्थितिमा ठोस विष्लेषण गर्ने र तुरंत निणर्य लिने क्षमता थियो । उहाँ मेरो पिता हुनुको साथ मेरा आदर्श व्यक्तित्व पनि हो । संगठनको सामान्य कार्यकर्तादेखि राष्ट्रिय स्तरसम्मको जिम्मेदारी निर्वाह गर्ने जिम्मेदारी मिलनु र निर्वाहन गर्ने क्षमता विकसित गर्ने मार्गदर्शक हुनुहुन्थ्यो । आफ्नो सन्तानलाई पढाउनु र संस्कारवान बनाउने कार्य प्रत्येक माता पिताको महत्वपूणर् भूमिका र जिम्मेदारी हुन्छ । त्यो स्वाभाविक हो तर, एउटा सामाजिक जिम्मेदारीको रूपमा प्रशिक्षित गर्नु सबै माता-पितामा यो गुण कमै पाइन्छ । मैले कामरेड मित्रलाल शर्माको रूपमा आदर्श पिताको साथसाथै सांगठनिक अभिभावकको पनि दीक्षा प्राप्ति गर्ने अवसर पाएँ ।
कुनै पनि व्यक्तिको निधन पछि दुश्मनले पनि आलोचना गर्ने सम्भावना कम हुन्छ तर, कामरेड मित्रलाल शर्माको बारेमा जीवित छँदा पनि विरोधीहरुले कहिल्यै अनापशनाप आरोप या आलोचना गरेको कहीं संदर्भ भेटिएन । त्यसकारण आज पनि भन्न सकिन्छ कामरेड मित्रलाल शर्मा संगठन, पार्टी र समाजसेवीको सशक्त उदाहरण हुनुहुन्थ्यो । आज उहाँ हाम्रो बीच भौतिक रूपले जीवित नभएता पनि उहाँलाई नजदीकदेखि चिन्ने, काम गरेका सहयोगीहरूको बीच शिक्षक, मार्गदर्शक, अभिभावकको रूपमा स्मरणमा मौजुद हुनुहुन्छ । उहाँको कार्यकालको समय सामान्य कार्यकर्ता रहेका साथीहरु आज उच्च स्तरिय पदभार सम्भाली रहेका हुनुहुन्छ तर, जिम्मेदारी निभाउनुको साथ आम जनमानसमा संगठनको त्यो भावना जागृत गर्न अझै मेहनत गर्नुपर्ने आवश्यकता महसूस हुन्छ ।
यो सही हो कि जिम्मेदारी धेरै बढेको छ त आम जनमानसको उम्मीदको कसौटीमा खरा उत्रीने र विश्वास जगाउने जिम्मा पनि उहाँको नै हो । एक दूसराको आलोचना गर्नु भन्दा टीमवर्कको मजबूती जरूरी हुन्छ । त्यसको लागि अध्ययन, कार्यकर्ताको भावना बुझने, सहनशीलता र चिन्तनको आवश्यकता हुन्छ । तब मात्र हामी भविष्यका कामरेड मित्रलाल शर्मा, कामरेड लीलालनाथ कुसुम, कामरेड हरिलाल शर्मा जस्ता अभिवावक बन्न सफल हुने छौं र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने छ ।