आगरा महिला नगर भेला सम्पन्न

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

भेलाको विधिवत उद्घाटन प्रमुख अतिथि कपिल खनालले गर्नुभएको थियो । उद्घाटन मन्तव्य दिंदै खनालले संगठित आन्दोलनको खाँचो केवल पुरुषहरुलाई मात्र आवश्यक नभएर महिलालाई झन धेरै रहेको बताउनु भयो ।

मिठु केसीको अध्यक्षता र लखान परियारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई राजकमल दत्तले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य ध्रुव शाह, पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार प्रताप पाण्डे, जनजाति क्षेत्रीय विभागका दिनानाथ पुन, केन्द्रीय परिषद सदस्य रामबहादुर केसी, नगर समितिका संस्थापक अध्यक्ष पुरन चन सोनी लगायतको आतित्थ्यता रहेको थियो ।

भेलाले देवी शाहको संयोजकत्वमा महिला नगर विभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः वेली शर्मा, चन्दा पुन, लक्ष्मी देवी (लंगडी चौकी), कोपिल परियार, गायत्री भण्डारी, गिता, शान्ता, मायाँ विक, शान्ता परियार, शोभा पाठक, पुष्पा सुनार, सिता, निरमला थापा, निरमला, शान्तिदेवी, लक्ष्मी सुनार, रश्मी, मञ्जु, मञ्ज देवी, पुतली, सपना, आशा केसी, कुमारी गुरुङ, भावना पाण्डे, नन्दनी केसी, बसन्ती दसौदी लगायत रहनुभएको छ ।

नयाँ समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय वैकल्पिक सदस्य धु्रव शाह, पश्चिमोत्तर क्षेत्रीय समितिका सल्लाहकार प्रताप पाण्डे, जनजाति क्षेत्रीय विभागका दिनानाथ पुन, नगर समितिका संस्थापक अध्यक्ष पुरन चन सोनी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार