फरीदावादमा देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फरीदावादले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको प्रमुख आतित्थ्यता रहेको थियो ।

पुनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिपावलीको अवसरमा भारतस्थित श्रमजिवी नेपालीहरुको घर दैलोमा नेपाली कला तथा संस्कृतिलाई पुर्याउने माध्यम र संगठन परिचालनको लागि आर्थिक उपार्जनको रुपमा देउसी भैलोलाई सदुपयोग गर्दै आएको बताउनु भयो । त्यसका साथसाथै सम्पूर्ण कार्यकर्ता एवं शुभचिन्तकहरु बीच सहभोजको आयोजना गरि मैत्रिपूर्ण सम्बन्ध स्थापित गरानका लागि संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत पुनको थप भनाई थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार रमेश चन्द क्षेत्री, केन्द्रीय प्रतिनिधि रामबहादुर विक, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य सूर्य बहादुर क्षेत्री, विद्यार्थी केन्द्रीय सचिव सरिता विसी, नगर समितिका चन्द्र अधिकारी, महिला नगर विभागकी मायाँ विसी, बल्लभगढ एरिया समितिबाट तामाराम ढकाल, एनआइटी एरिया समितिबाट लोकराज थापा, हेवल हेम्ला एरिया समितिबाट निर्मल सोनारी, मेश व्यवस्थापनबाट मानसिंह जिसी, महिला विभागबाट सकुन्तला थापा, विमला महर, सविता थापा र गोमिता पुनले मन्तव्य दिनुभएको थियो ।

नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता एवं विष्णु विसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई अशोक कुँवरले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा भव्य नृत्य प्रस्तुत गरिएको थियो ।

२०८० को देउसी भैलो फरीदावाद नगर समितिले तीनवटा टोली परिचालन गरि हेवल हेम्ला, एनआइटी र बल्लभगढमा सम्पन्न पारेको थियो । व्यापक जनसहभागिता सहित सम्पन्न पारिएको उक्त देउसी भैलो अत्यन्तै अनुशासित एवं सौहार्दपूर्ण रुपमा समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार