‘मादल झोलामा लुकाएर पनि जनताको घरदैलोमा देउसी भैलो पुराएका थियौं’ (फोटा सहित)

नयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिले विस २०८० को देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न पारेको छ । कार्यक्रममा केन्द्रीय सदस्य शिव केसीको प्रमुख आतित्थ्यता रहेको थियो ।

केसीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नयी दिल्लीका धेरै नेपालीहरुको घेर दैलो देउसी भैलो सम्पन्न पारेको र संगठनको जिवीत सम्पर्क स्थापित गर्नका लागि महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । त्यसका साथसाथै विभिन्न परिवेशमा सम्पूर्ण कार्यकर्ता एवं शुभचिन्तकहरु बीच संगठनको भूमिकालाई उजागर गर्नका लागि विभिन्न प्रकारका प्रगतिशिल कार्यक्रमहरु सम्पन्न पार्दै आएको केसीको थप भनाई थियो ।

त्यस्नै केन्द्रीय सल्लाहकार एवं नयी दिल्ली नगर समितिका अध्यक्ष विन बहादुर कुँवरले आफूहरुले विगतमा मादल झोलामा लुकाएर पनि श्रमजिवी नेपालीहरुका घर दैलोमा प्रगतिशिल देउसी भैलो सम्पन्न पारेको संझनालाई कार्यक्रममा सहभागिहरु बीच प्रष्ट्याउनु भयो । विगतमा विषम परिस्थितिका वाबजुध देउसी भैलो सम्पन्न पार्ने गरिएता पनि वर्तमानमा संगठनले गरिका गतिविधिका विरुद्ध विभिन्न खाले अवसरवादी तत्वहरुले हमला गरिरहेको बताउनु भयो । केसीले अवसरवादी तत्वहरुको हमलालाई परास्त गर्दैै आफूहरु अगाडि बढ्नेमा आफूहरु विश्वस्त भएको बताउनु भयो । ‘त्यतिवेला पञ्चायती व्यवस्थाले प्रगतिशिल कलासँस्कृति प्रस्तुत गर्नेलाई देशद्रोहीको रुपमा बुझ्दथ्यो ।’

कार्यक्रममा केन्द्रीय सदस्य विक्रम सिंह राणा, परिषद सदस्य मुक्ति भुसाल, पश्चिमोत्तर क्षेत्रीय समितिबाट पहलसिंह परियार, लक्ष्मी खडायत, विद्यार्थी केन्द्रीय सदस्य सागर खनाल, नयी दिल्ली नगर समितिबाट विष्णु खनाल, सिता केसी, विद्यार्थी क्षेत्री समितिबाट इशा खत्री, साँस्कृतिक विभागबाट निरु पुन लगायतलको आतित्थ्यता रहेको थियो ।

कार्यक्रम विन बहादुर कुँवरको अध्यक्षता एवं दिनेश पन्थीको सञ्चालन र शालिकराम पौडेलको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।कार्यक्रममा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसका साथै कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार