छेपारे प्रवृति (कविता)

बिनु नेपाली (चंडीगढ़)

वर्तमान सरकारको नेतृत्व छेपारे प्रवृति।
जतिबेला पनि बेमौसम रंग फेर्ने प्रवृति॥
छेपारोले बरू मौसम अनुसार रंग फेर्ने गर्छ।
यो नेतृत्वले गठबंधन गर्ने र फेरी तोडने गर्छ॥

पटक पटक फोहोरी खेलमा डुबुल्की मार्छ।
आखिर जनता र राष्ट्रलाइ कुठाराघात गर्छ॥
ताक परे तिवारी नत्र गोतामे चरित्र गर्छ।
मौका पाय बिरालोले झै दुध माथी तर मार्छ॥

सातहात उफ्री देश समृद्ध बनाउछु भन्छ।
सिंगापुर र सुइजरलौन बनाउछु भन्छ॥
देशको बिकास कछुआ को गति भयो।
नेपाली को सुन्दर सपना चकनाचूर भयो॥

छेपारे नेताको कारण देश‌ अस्थिर भयो।
निज स्वार्थ र भ्रष्ट चरित्र को विकास भयो॥
देश विदेश का नेपाली जागने बेला आयो।
इनको विरूद्ध आंधि बनी उठने बेला आयो॥

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार