जयपुरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यरुपमा मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला विभाग जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

“११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौँ, महिला हिंसा र महिला विभेदका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यता रहेको थियो ।

त्यस्तै मूल प्रवाह केन्द्रीय सदस्य बेल बहादुर रजाली, केन्द्रीय प्रतिनिधि रिम राना, हुमा रजाली, केन्द्रीय परिषद सदस्य दीपा थापा, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सदस्य साक्षी थापा, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, पश्चिमोत्तर क्षेत्रीय सदस्य टंकबहादुर थापा, मंगलसिंह खड्का हुनुहुन्थ्यो ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनालले महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउन महिलाहरू धार्मिक रूढीवादी अन्धविश्वासबाट माथि उठ्नु पर्ने कुरामा जोड दिनुभयो । त्यसका साथै महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी केन्द्रीय सदस्य बेलबहादुर रजालीले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महिला दिवस महिलाहरू माथि हुने शोषण दमनको विरुद्ध समान कामको निम्ति समान ज्याला, कामको समय घटाउनुपर्ने आदि इत्यादि मागको लागि गरेको संघर्षबाट स्थापित भएको बताउँदै महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउने क्रममा ८ मार्चबाट ठूलो प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा रिम राना, हुमा रजाली, दिपा थापा, ओम थापा, मंगलसिंह खड्का, टंकबहादुर थापा, साक्षी थापा, धनमाया थापा, दिलबहादुर कुमाल, कल्पना परियार आदिले पनि सम्बोधन गर्नुभएको थियो ।

११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस माया थापाको सञ्चालन र लक्ष्मी थापाको अध्यक्षता ग्रहण गर्नुभएको थियो भने बिना थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार