चेन्नई दक्षिणमा भलिवल प्रतियोगिता सम्पन्न

चेन्नई दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको तत्वावधानमा नगर स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

९ फरवरी २०२० का दिन चेन्नईको कुरुम्पेट स्थित एमआइटी कलेजमा सम्पन्न उक्त खेलकुद कार्यक्रमको सञ्चालन लोकेन्द्र पौडेलले र अध्यक्षता रन बहादुर थापाले गर्नु भएको थियो । अतिथिहरुको आशनग्रहण पछि १ मिनेट शहिदहरुप्रति मौनधारण र उपश्थित जनसमुदाय तथा खेलाडिहरुलाई ज्योतिनारायण सुवेदीले स्वागत गर्नु भएको थियो ।

खेलकुद कार्यक्रमको उद्घाटन क्षेत्रीय सदस्य हेमराज रिजालले गर्नु भएको थियो । कार्यक्रममा क्षेत्रीय सदस्य उमानन्द आचार्य, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, केशमान नेपाली, पश्चिम नगर सचिव पदम पौडेल, पुर्व नगर उपाध्यक्ष ओमाकान्त शर्मा, शुकदेव शर्मा, विद्यार्थी विभागबाट नरबहादुर बिक लगायतले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।

खेलमा चेन्नई दक्षिण नगर समितिबाट ६ टिम, पश्चिम नगरबाट २ टिम र उत्तर नगरबाट १ टिम गरि ९ टिम सहभागी थिए । भलिबल प्रतियोगितामा पश्चिम नगर समिति ए टिम प्रथम र दक्षिण नगर समिति ए टिम द्वित्तिय भएका थिए । दिपक क्षेत्री उत्कृष्ट खेलाडि र सुजन थापा अनुशासित खेलाडीको रुपमा पुरष्कृत भएका थिए ।

उक्त खेलको लागि जीवन शर्मा, जीवन थापा, सुजन थापा, रोशन थापा र कृष्ण प्रसाद शर्माले रेफ्रिको भुमिका निभाउनु भयको थियो । विजयी खेलाडिहरुलाई हेमराज रिजालले पुरस्कार प्रदान गर्नुभएको थियो भने विजयी टिम तथा खेलाडीहरुलाई नगर उपाध्यक्ष खगराज आचार्यले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार