करनालमा महिला दिवस मनाइयो

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा ११४औं अन्तर्रास्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न पारिएको छ ।

मिना बस्नेतको सञ्चालन र फूलमाया जिसिको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेटको मौनधारण पश्चात उपस्थित जनसमुदायलाई लक्ष्मी पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो ।

नगर अध्यक्ष राम बहादुर नेपालीले महिलाको अधिकारको लागि महिला स्वयम् संगठित हुन आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार