नारी दिवसको शुभकामना (कविता)

  • कमला बगाले

शुभकामना आधा धर्ती-आकाश ओगटेका नारीलाई ।
शुभकामना नारी दिवश मनाउन जुट्नु भएकालाई ॥
आउँ दिदि-बहिनी हामी सबै मिली अगाडि बढौं ।
हामीले पाएका हक अधिकारलाई सदुपयोग गरौं ॥

बल्कृतित भएर मर्न पर्ने हामी नारी ।
अन्याय र अत्याचार किन हुन्छ हामी माथी ॥
न त सानो बच्चा भन्छ, न त दिदी बहिनी ।
यस्तो देशमा हामीले न्याय कहिले पाउनी ?

जन्मलिई आफ्नो पूरा आयु बाच्न दिन्न हामीलाई ।
छोरी मान्छे भइ जन्म लियौं दोष दिउँ कसलाई ?
कसैलाई अकाल मै झुन्डाउँ छन् कसैलाई दफनाउँछन् ।
अहंकारी र पापाीहरु हुनिर्दोषी छु भन्दै धङधङाउँछन् ॥

कहिलेसम्म बस्ने हामी चेलीहरू, शोषण दमन सहेर ।
अब उठ्नै पर्छ नारी शक्ति, एक जुट भएर ॥
जुन ठाउँ पुग्छौं त्यहाँ, हाम्रो अधिकार के कम छ ?
जस्तो परिस्थिति आए पनि, संघर्ष गर्ने दमछ ॥

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार