सुरतमा मनाईयो ११४औं महिला दिवस

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा ८ मार्च २०२४ को ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सुरतमा सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सचिव तथा पश्चिम भारत क्षेत्रीय समिति अध्यक्ष वेदबहादुर कार्कीको प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा क्षेत्रीय समिति सदस्य धुर्ब न्यौंपाने, पूणर् विक, सुरत नगर समिति अध्यक्ष किशोर ताम्राकार, सचिन नगर समिति अध्यक्ष विन बहादुर रेग्मी, टंक साहा, भिम साउद लगायत अतिथि रहनुभएको थियो ।

शुभकामना मन्तव्य राख्दै सम्पूणर् अतिथिले महिला हकअधिकार र महिला दिवसको बारेमा बोल्नुभएको थियो । सान्ती तिरुवाको अध्यक्षता सविना कुँवरको सञ्चालन र लक्ष्मी ताम्राकारले स्वागत मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार