नारी दिवसको अवसरमा विद्यार्थी नगर समिति घोषणा

विकाश मल्लठकुरी
भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा नगर महिला बिभागले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

उर्मिला कोपिला अध्यक्षता र बिमला जिसिको सञ्चालनमा कार्यक्रम अघि बडेको थियो । मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य सालिकराम आचार्यको प्रमुख अथिति रहेको थियो । अन्य अथितिमा मूल प्रवाह क्षेत्रीय सदस्य गोवर्धन सुनार, मूल प्रवाह क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई , मूल प्रवाह संथापक एवं केन्द्रीय परिषद् सदस्य बिबि कोपिला, नगर अध्यक्ष मोहन सिंह विक, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि विक, नगर उपाध्यक्ष मनिराम अधिकारीले आसन ग्रहण गर्नुभएको थियोे । ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणा पछि कार्यक्रममा सहभागिहरूलाई अमृता सुनारले स्वागत गर्नुभएको थियोे ।

अखिल भारत नेपाली विद्यार्थी संघ नगर समिति भिवानीले दिनाक २ मार्च २०२४ का दिन विद्यार्थीहरूलाई जम्मा गरि भेला गरेको थियोे । उक्त भेलाले मनिसा परियारलाई अध्यक्षमा चयन गर्दै १३ सदस्यको समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष- सानिया नेपाली, कोषाध्यक्ष- बिपना जिसि, सचिव- प्रार्वती भट्टराई, उपसचिव- खुशी सोनी, सदस्यहरूमाः सचिन परियार, पुरन बहादुर, ममता, मनिका, आशिका, सुस्मिता, डिम्पल र माधव जिसि रहनु भएको छ ।

मनिराम अधिकारीले नवनिर्वाचित विद्यार्थीहरूको नामावली वाचन गर्दै घोषणा गर्नुभएको थियोे । अन्य वक्ताहरूले नारी दिवस तथा नव विद्यार्थी समितिलाई शब्दमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार