गजल : जान्नु छ

केशव गाहा, पाल्पाली

के छ तपाईंको त्यो मनमा जान्नु छ
देश छ कि छैन धड्कनमा जान्नु छ

गर्न त ठुला ठुला कुरा गर्नु भयो
सिन्को ठडियो की आगनमा जान्नु छ

बारम्बार देशको अस्मिता बेचेर
के उपती गर्नु भो जिवनमा जान्नु छ

गोर्खाली बीर जन्माउने नेपाल आमा
तड्पिरहन्छिन् किन रोदनमा जान्नु छ

एउटा सानो देशको विकासलाई
कस्ले पारेका छन् अड्चनमा जान्नु छ

तपाईहरुले गरेको अपराधले
गरीब किन उत्पीडनमा जान्नु छ

विकासका आधारहरू हुँदा हुँदै
छौं किन यसरी उल्झनमा जान्नु छ

प्राकृतिक सम्पदा देशको सिमाना
किन छैनन् आज जतनमा जान्नु छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार