देशै छाडि भाग्न थाले युवा (कविता)

  • पदम गिरी, चेन्नई

उर्वर छ, माटो हाम्रो फल्छन निकै फल
सुन्तला, स्याउ, अंगुर अनि ऐसेलु काफल ।
कोदो, मकै, धान, गहु फल्छ यहि माटोम
तर पनि देशै छाडि भाग्न थाले युवा किन ?

जन्मी बढी पढी हुर्किए नेपाली भूमीमा
योदेशका भविष्यका कणर्धार युवा ।
बाच्नको लागि देखिएको खोज्दै राम्रो जागिर
आफ्नै देश बिर्सिएर उडन थाले युवा ॥

कोही लागे बाध्यताले कोही रहरले
नसा लाग्यो यतीधेरै कुन जहरले ।
बस्नुपाए हुन्थ्यो यहाँ रोजगारी चलाई
कस्ताइए दोस दिउ मैले सरकारलाई कि मलाई ॥

गाउँजती सहर पस्यो शहर बिदेस पस्यो
बुढाबुढी केटाकेटी बाँदर धपाइ थोत्रो घरमा बस्छन् ।
देस छाडन थाले बुध्दीजीबीहरू सबै
कस्लाई दोस दिने मैले सरकारलाई कि मलाई ॥

देशै खाली हुँदा पनि पिर छैन राज्यलाई
सदनदेखि सडकसम्म चिच्याउदा सरकार सुन्दैन ।
गरिब किसान मजदुर युवा उठ अब ब्युझ
देशै खाने साशक बिरुद्धमा एक भहि जुटौं ॥

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार