मूल प्रवाह नगर समिति भिवानीले गर्यो शोकसभा

बिकाश मल्लठकुरी

भिवानी, १३ मार्च। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी नगर महिला बिभाग सदस्य कमला परियार ‘ए’, पुर्व नगर समता बिभाग सदस्य सन्त बहादुर परियारका जेठा छोरा मुकेश परियार ३४ बर्षको उमेरमा पन्जावको संगुरुर जिल्ला को मलोर कोटलामा ०३ मार्च २०२४ का दिन हृदघात भै निधन भएको थियोे ।

यहि १३ मार्च २०२४ का दिन नगर समितिले आयोजना गरिएको शोकसभा कार्यक्रमको अध्यक्षता बिष्णु परियारले गर्नु भएको थियोे । मोहन सिंह बिकको सञ्चालनमा १ मिनेट मौन धारणा राख्दै नगर समितिका सदस्य बिबि कोपिला, केन्द्रीय समितिका सदस्य सालिकराम आचार्य, पश्चिमोत्तर क्षेत्रीय सदस्य गोवर्धन सुनार, नगर महिला बिभाग सदस्य कमला परियार ‘वि’ले शोक मन्तव्य दिनुभएको थियोे ।

उपस्थित शुभचिन्तक, समर्थक सदस्यप्रति धन्यवाद दिदै मृतक मुकेश परियारको आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दाछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार