धर्म सुनार प्युठानी
रोहतक, १७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत पर्ने गान्धी क्याम्पमा प्रवासी संघमा रहेका नेपाली साथीहरु बिच भेला गरी मूल प्रवाहको समिति गठन गरिएको छ ।
नगर सदस्य संतराम विकको पहल एवं दादरी नगर समितिका अध्यक्ष कबिर विक र भिवानी नगर समितिका अध्यक्ष मोहन सिंह विकको उपस्थितिमा भेला गरिएको थियो । कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष सुभाष गौतमले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव बलबहादुर विकले गर्नुभएको थियो ।
भेलाको अतिथिमा पश्चिम उत्तर क्षेत्रिय सदस्य रेशम विक, नगर सदस्य गणेश शर्मा, दादरी नगर समितिका अध्यक्ष कबिर विक, भिवानी नगर समितिका अध्यक्ष मोहन सिंह विक, रोहतक नगर उपाध्यक्ष उषा विक नेपाली समाचारका धर्म सुनार, नगर सदस्य संतराम विक, विक्की परियार, खेमबहादुर कुमाल र टाम बहादुर परियारले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
श्रमजीवी बर्गको हक अधिकारका निमित्त शहिद हुनुभएका शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई धर्म सुनार प्युठानीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
संगठनको आवश्यकता र महत्व बारेमा रेसम विक, मोहन सिंह विक, कबिर विक र संतराम विकले मन्तब्य राख्नुभएको थियो । त्यस्तै गरि महिलाहरुको बारेमा उषा विकले आफ्नो भनाई राख्नुभएको थियो ।
संगठनको नीति सिद्धान्त र भारतमा रहेका नेपालीहरुलाई संगठनले गर्ने साथ-सहयोगको जानकारी पश्चात मूल प्रवाहप्रति प्रभावित भइ आफुहरुपनि प्रवासी संघ परित्याग गरि मूल प्रवाहको संगठनको विधानअनुसार रहेर काम गर्ने प्रतिवद्धताका साथ केही नेता कार्यकर्ताहरुले मूल प्रवाहको सदस्यता लिनुभएको थियो ।
आवश्यक छलफल पश्चात १७ सदस्यीय गांधी नगर ‘A’ टोल समिति र २१ सदस्यीय गान्धी नगर ‘B’ टोल समिति गठन गरिएको छ ।
‘A’ टोल समितिमा :
अध्यक्ष- सागर विक, उपाध्यक्ष- गिरलाल विक, सचिव- संजय विक, सह सचिव- विनोद विक, कोषाध्यक्ष- ललिता देवी विक, सदस्यहरुमा क्रमशः दिपक विक, सुन्दर लाल, भिमबहादुर विक, लक्ष्मी देवी विक, राजु बिष्ट, जयकेल विक, जमुना बिष्ट, रोसनी विक, सरस्वता विक, मिना विक र दुई स्थान रिक्त रहेको छ ।
‘B’ टोल समितिमाः
अध्यक्ष- राम प्रसाद, उपाध्यक्ष- देवसरा विक, सचिव- संजय विक, सहसचिव- आशा थापा, कोषाध्यक्ष- सुमित्रा विक, सदस्यहरूमा क्रमशः चन्द्र प्रकाश, दलजित सुनार, अशोक, धिरज खड्काथोकी, दिपक, भिम विक, प्रेम विक, सुनिता विक, मिना देवी, मोनल देवी, राममाया, इन्द्रा देवी, अमृता, ओमप्रकाश विक, माया विक र एक स्थान रिक्त रहेको छ ।
नवनिर्मित समितिलाई प्रमुख अतिथीद्वारा अबिर लगाएर शुभकामना ब्यक्त गर्नुभएको थियो ।