सार्कलाई विसर्जन गर्नका लागि बिमस्टेक बनाइयो : अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ ।

२०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्क आन्दोलनलाई ओझेलमा पार्न बिमस्टेकको खेती गरिएको बताउनुभयो । उहाँँले दक्षिण एसियामा शक्तिशाली सङ्गठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘मैले के आशा गरेको थिएँ भने बिमस्टेक जन्मियो किन ? सार्कलाई किन ओझेलमा किन पारियो ? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ कि भन्ने थियो । खालि बिमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो । म निराश भएँ ।

दक्षिण एसियामा हाम्रो सार्क हो नि, शक्तिशाली सङ्गठन । यो बिमस्टेक किन खोल्नुपर्‍यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण सङ्घर्ष सधैँ । त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो । बिमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो । सार्कलाई यो स्थितिमा पुर्‍याउनुको मुख्य कारण भारत नै हो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार