तामिलनाडु सेलमको सड्क दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति मूल प्रवाहद्वारा श्रद्धान्जली

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले एक शोक वक्तव्य मार्फत सेलममा भएको सड्क दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ । साथै केसीले वक्तव्य मार्फत घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपालबाट ३४ जना तिर्थयात्रीहरू लिएर तमिलनाडुको कन्याकुमारी हुँदै बिभिन्न तिर्थस्थलको दर्शन गराउने गरि एजेन्ट अमरनाथ चौधरीको मार्गदर्शनमा पो १ ख ५३३४ नंबरको बस द्वारा तिर्थयात्रा आरम्भ गरेका थिए । तमिलनाडुको कन्याकुमारी र रामेश्वरमको दर्शन गरेर फर्कने क्रममा १९ फरवरी २०२० का दिन सेलमको ४४ नंबर हाइवेमा राती करिव ११ः५५ बजे एआर ०२–४९२६ नम्बरको बससँग टकराउँदा भयानक दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परि ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा मृत्यु भएको स्थानीय मिडियाहरु र प्रशासनले जनाएको थियो । २ मध्ये १ चेन्नईको अपोलो हस्पिटलमा र अर्को १ जनाको सेलमको सरकारी हस्पिटलमा मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिए ।

मृत्यु हुनेहरूमा १. कृष्णा प्रसाद दाहाल उदयपुर, २.बिर बहादुर राइ ईटहरी, ३. बुधनी थरूरी फनार २ सुनसरी ४. रसीलाल चौधरी फनार २ सुनसरी, ५.टिकाराम चौधरी, फनार ३ सुनसरी, ६. गोपाल तामाङ, फनार ३ सुनसरी, ७. फुलरसीदेवी चौधरी, फनार २ सुनसरी र ८.मुरारी पोख्रेल, मेची नपा, धुलावारी रहेका छन् । १६ जना घाइते भएका थिए । जस मध्ये ४ जना आफ्नै तरिकाले उपचार गराउनको लागि आफन्तसँग बाहिर गएका र ८ जनाले सेलमको सरकारी हस्पिटलमा उपचार गराइ रहेका छन् ।

घाइतेहरूमा १. विद्या दाहाल इटहरी, २. बद्रीनाथ निरौला बिराटनगर, ३. सुमनराज बन्सी इटहरी, ४. बिमल अधिकारी इटहरी, ५. कल्पना राइ इटहरी, ६. प्रेम प्रसाद दाहाल बिराटनगर, ७. ठूलीहा चौधरी इटहरी र ८. गहनी चौधरी इटहरी रहेका छन् । गहनी चौधरी हाल हस्पिटलको सघन कक्षमा रहेको जानकारी खुल्न आएको छ । बाँकी जनरल वार्डमा रहेका छन् । हालसम्म लगभग सबैका आफन्तजन सम्बन्धित स्थानमा पुगिसकेका छन् ।

उक्त घट्नाको जानकारी पाएर सबभन्दा पहिला सामाजिक सञ्जाल फेसबुकमा राख्ने र घटना स्थलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुगेको थियो । मूल प्रवाहको सिताम्बरम नगर समितिबाट केसव शर्मा, इरोडबाट क्षेत्रीय प्रतिनिधि भवानी प्रसाद लामीछाने र क्षेत्रीय सदस्य खिमान्द शर्माको घटना स्थलमा पुगि घटनाको वास्तविकता बाहिर ल्याएका पछि नेपाली राजदूताबासका बाबुराम सिग्देल घट्ना स्थलमा आएका थिए । मूल प्रवाहका कार्यकर्ताहरुको नेपाली राजदूताबासका बाबुराम सिग्देलसँगको भेट पछि सबै घाइतेहरूलाई भेटेर घटनाको सबै जायजा लिइएको थियो ।

मृतकहरूको बारेमा स्थानीय प्रसाशन जिल्ला कलेक्टर, राजदूतावासका बाबुराम सिग्देल, स्थानीय प्रहरी प्रशासन, मूल प्रवाहका प्रतिनिधिहरू भवानी लामीछाने, खिमान्द शर्मा, केशव शर्मा, प्रवासी नेपाली संघ भारतका टिका पौडेल, नेपाली जन सम्पर्क समितिका प्रतिनिधि इन्द्रराज अधिकारी र आफन्तजन बिच छलफल गरी राजदूतावासले रू. ३ लाख ८५ हजार खर्च ब्यहोर्ने गरि एम्बुलेंसको सहायताद्धारा शव नेपाल पुराउने र ६ वटा शव नेपाल बर्डर बालडोग्रासम्म पुराउने सहमति गरी २३ फरवरी २०२० का दिन शव पठाइएको छ ।

१ शव पहिला नै ब्यक्तिगत खर्चमा नेपाल लगिसकेका थिए । मृतकहरू र घाइतेहरूको लागि क्षतिपूर्तिको बारेमा पनि एजेन्टसँग मूल प्रवाहको प्रतिनिधि मण्डलले छलफल गरेको छ । यस बिषयमा सबै ट्राभल एजेन्टले केयर गरिरहेको जानकारी भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार