मानिस हराएको सूचना

जिल्ला मेग्दी बेनि नगरपालिका ९ निवासी विर बहादुर सार्कीका ३३ वर्षीय छोरा कृष्ण सार्की रोजगारका लागि फरवरी २९, २०२४ का दिन गोरखपुरदेखि तामिलनाडुको निलगिरीका लागि राप्ती सागर एक्सप्रेसमा आउँदै गर्दा चेन्नईको नजिक माथि उल्लेखित मितिको विहान अन्दाजी ५ बजेर २० मिनेटको समयमा लापत्ता भएका छन् । उनी आफ्नै गाउँका रमेश चोखाल र गोकुल जैसीसँग निलगिरीका लागि हिंडेका थिए । ती दुई जनाका अनुसार कृष्ण सार्की पहिलो पटक भारत आएका थिए ।

रेलमा कतिपय अज्ञात व्यक्तिहरुले पैसा दिनका लागि दबाब दिनुको साथै ज्यान मार्ने धम्की समेत दिएको साथमा रहेका उनका साथीहरुले बताए । अज्ञात व्यक्तिहरुले दिएको धम्की पछि कृष्ण सार्कीले मानसिक सन्तुलन गुमाउँदै गएको रमेश चोखाल र गोकुल जैसीले बताए । मानसिक सन्तुलन गुमाए पछि सुतेका मान्छेहरु माथी उफ्रिने र सिसा फुटाल्ने गर्न थाालेकाले धेरै मुस्किलले उनलाई समाती सम्झाइ बुझाइ काठपाडि जक्सनसम्म पुराएका थिए । तर, काठपाडी जक्शनमा उनी जबरजस्ती भरेको र झर्ने बित्तिकै दगुर्दै बाहिर तिर भागेको रमेश चोखाल र गोकुल जैसीले बताए ।

उनीहरुले विहान १० बजेसम्म खोजविन गरेको तर फेला नपरेकोले खोजबीनका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिमा निबेदन दिएका छन् । निज कृष्ण सार्कीलाई कुनै महानुभावले फेलापारेमा तल उल्लेखित मोबाइल नम्बरहरुमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।

रमेस चोखाल 9363860554, जगत हमाल 9751651596, टेक बहादुर 9025629107, मधु खनाल 9659970313 बिरे थापा 9786702381

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार