मानिस हराएको सूचना

रुपन्देही सैनामैना नगरपालिका ७ निवासी नारायण गन्धर्वका छोरा बर्ष २० का डिलबहादुर गन्धर्व भारतको हरियाणा राज्य सोनीपत जिल्लामा होटलमा काम गर्दै आएका थिए । उनको दिदी निर्मला बिकले दिएको जानकारी अनुसार यही मार्च ८ तारीखदेखि आजको मितिसम्म सम्पर्कमा नआएको भन्दै खोजी गरीदिनु हुन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति र भारत स्थित सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनिहरुलाई अनुरोध गर्नुभएको छ ।

निजलाई कुनै महानुभावले कहीँकतै देख्नुभएमा वा भेटेमा हामीलाई जानकारी दिनुहोला । तथा स्वयं डिलबहादुर गन्धर्वले यो खबर हेरेमा तुरुन्तै सम्पर्कमा आउनुहोला । डिलबहादुर गन्धर्वको नम्बर 8708047581 रहेको छ । कसैले भेटेमा नजिकैको पुलिस चौकीमा या मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकमा सम्पर्क गर्नुहोला । सबैले सेयर गरी उहाँलाई आफ्नो आफन्तसम्म पुग्न सहयोग गरीदिनु होला।

सम्पर्क : धर्म बाबू प्यूठानी 8607668459 नगर समिति, नगर अध्यक्ष सुभास गौतम 9996738020, विक्की परियार 8199081643 नगर समिति रोहतक,  घरको फोन नम्बर +9779816494383 ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार