लोक बहादुर कामीप्रति हार्दिक श्रद्धांजली

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिका साधारण सदस्य लोक बहादुर कामीको दुःखद निधन भएको छ । उनको १ फरवरी २०२० का दिन रोडक्रसका दौरानमा मोटरसाइकिलले हान्दा घाइते भई राजीव गान्धि हस्पिटल चेन्नईमा उपचारको क्रममा २० फरवरी २०२० का दिन निधन भएको थियो । उनी स्वदेश मोदी गाउपालीका ८ चित्रे वडारे, पर्बत निवासी उक्तबिर कामीका हुन्, हाल चेन्नईको सत्यभामा युनिभरसीटीमा कार्यरत थिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्व नगर अध्यक्ष तथा क्षेत्रीय सदस्य चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य कांशीराम आचार्य, नगर उपाध्यक्ष ओके शर्मा, सचिव कोटी प्रसाद पेख्रेल, सदस्य लक्ष्मण चालीसे, लोकप्रसाद पराजुली, बिमल लामीछाने, रुद्र प्रसाद पौडेल, बाबुराम एलसी, जनसम्पर्क समितिका केन्द्रीय संगठन सचिव चन्द्रकान्ता आचार्य, क्षेत्रीय महासचिव शिव बलायर, छोरा प्रेम कुमार लगायत गाउँका इष्टमित्रको सहभागितामा पोलीस प्रसाशनसँगको कानुनी प्रकृया पुरा गरी क्षतिपूर्तिको लागि इन्सुरेन्समा केश दायर गर्ने सहमति अनुसार निजको पोष्टमार्टम गरिएको थियो ।

कानुनी प्रकृया पुरा गर्न समाजका तर्फबाट क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले एक पत्र लेखी लास बुज्न सहज बनाउनु भएको थियो । निज लोकबहादुरको पार्थिव शरिर २१ फरवरी २०२० का दिन नुंगामबाक्कम, चेन्नईमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारका क्रममा एक मिनेट मौनधारणका साथै चन्द्र थापा, शिव बलायर, चन्द्रकान्ता आचार्य र लक्ष्मण चालिसेल्ले शोक मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार