भिवानीमा संयुक्त बार्षिक टोल भेला सम्पन्न

भिवानी, १३ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत विद्यानगर, बिकासनगर र जगत कोलोनी टोल समितिहरुको सयुक्त बार्षिक भेला सम्पन्न भएको छ ।

नगर संस्थापक एवं केन्द्रीय परिषद् सदस्य वीर बहादुर कोपिलाको प्रमुख अथिती रहेको थियोे । अन्य अथितिहरुमा पश्चिमोत्तर क्षेत्रीय सदस्य गोवर्धन विक, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि विक, क्षेत्रीय विद्यार्थि संघ सदस्य मनिसा परियार, नगर अध्यक्ष मोहनसिंह विक, नगर महिला बिभाग सदस्य अमृता सुनार रहनु भएको थियोे ।

संयुक्त टोल भेलाको अध्यक्षता सुरेन्द्र सिंह ठकुरी र प्रकाश केसीको सञ्चालनमा १ मिनेट मौनधारणा राख्दै कार्यक्रम अघि बडेको थियो । उपस्थित जनमानसमा अशोक सुनारले शब्दबाट स्वागत गर्दै संयुक्त टोल भेलाको प्रगति रिपोर्ट बिकाश मल्लले प्रस्तुत गर्नुभएको थियो ।

पेनल प्रस्तुत नगर अध्यक्ष मोहनसिंह विक र नगर सदस्य चोप बहादुर पाण्डेले छुट्टाछुट्टै नव निर्वाचित समितिको नामावली राख्दै बधाई तथा शुभकामना दिनुभएको थियोे ।

विद्यानगर टोल समिति :
अध्यक्ष– धन बहादुर नेपाली, उपाध्यक्ष– नारायण परियार, कोषाध्यक्ष– मनिराम अधिकारी, सचिव– विकाश मल्लठकुरी, उपसचीव– गोबिन्द्र परियार, सदस्यहरुमाः धन बहादुर सोमै, जुम बहादुर रास्कोटी, नवीन थापा, राजु बरम, मुक्त बहादुर सारु र एक स्थान रिक्त राखिएको छ ।

बिकासनगर टोल समितिः
अध्यक्ष– प्रकाश केसी, उपाध्यक्ष– गोभिन्द सोनी, कोषाध्यक्ष– राजु सोनी, सचिव– श्याम विक, उपसचिव– लोक बहादुर बलाल, सदस्यमाः भुप बहादुर थापा, प्रेम चन्द ठकुरी, तुल बहादुर गाहा र ठर्क बलाल रहनु भएको छ ।

जगत कोलोनी टोल समिति :
अध्यक्ष– गोपाल सुनार, उपाध्यक्ष– हुकुम सुनार, कोषाध्यक्ष– डिल बहादुर भट्टराई, सचिव– प्रेम सुर्यवंशी, उपसचिव– अशोक सुनार, सदस्यमाः लंक बहादुर, हुम जिएम, टुक बहादुर अर्याल, लछुमन खड्का, सुशील आले, पित्तम बगाले, सुनिल सुनार र एक स्थान रिक्त राखिएको छ ।

संयुक्त टोल भेलाका प्रमुख अथिती रहनु भएका केन्द्रीय परिषद् एवं नगर संस्थापक सदस्य वीर बहादुर कोपिला ज्युले नव निर्वाचन सम्पुर्ण टोल समितिलाई बधाई तथा कार्यकालको शुभकामना दिदै हरियाणा राज्य स्तरिय बक्सिंङ च्याम्पियनसिप बिजेता गणेश अर्याल र भिवानी जिल्ला स्तरीय च्याम्पियनसिप बिजेता कुसल नेपालीलाई दोसल्ला ओढाएर नगरको तर्फबाट बधाई एवं सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार