मूल प्रवाहले गर्याे देवेन्द्र विकको अन्तिम संस्कार

वापी । नेपाल घर मोरोङ जिल्ला उर्लावारी छ सिसौली घर भै लामो समयदेखि केन्द्र शासीत प्रदेश सिलवासामा बस्दै आउनु भएका देवेन्द्र विक ४ अप्रेल २०२४ का दिन अचानक बेहोस भएपछि सिलवासा सरकारी हास्पिटलमा भर्ना गरिएको थियो । १४ अप्रेल २०२४ का दिन असामयीक निधन भएको थियो । सिलसिलामा आफन्त कोहि नभएको कारण प्रसाशनले मृतक देवेन्द्र विकको शव दिन नमाने पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्व नगर समिति उपाध्यक्ष नविन ख्वासले केन्द्रीय सदस्य गोबिन्द थापालाई सम्पर्क गर्नुभएको थियो र गोविन्द थापाले प्रशासनसँग र मृतकका परिवारसँग संवाद गर्नु भएको थियो ।

मृतक देवेन्द्र विकको परिवारले नेपालबाट आउन नसक्ने अन्तिम संस्कार गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गरेका थिए । ४ अप्रेलदेखि १४ अप्रेल सम्मको अस्पतालको २५ हजार रुपैयाँ र अन्तिम संस्कारमा लागेको सम्पूर्ण खर्च मूल प्रवाह वापि पुर्व नगर समिति उपाध्यक्ष नविन ख्वासले सहयोग गर्नु भएको थियो । १४ अप्रेल दिन नरौली समशान भुमिमा अन्तिम संस्कार गरियको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार