गुरुग्राममा टोल भेला सम्पन्न

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिद्वारा संचालित पुर्बी गुरुग्राम एरिया समिति सेक्टर ५७ मा टोल समिति पुनर्गठन भेला भेला सम्पन्न भएको छ । भेलामा नगर समितिका सदस्य कमल रायमाझीको विशेष उपस्तिथि थियो । भेलाले रमा रेस्मी मगरको अध्यक्षतामा एघार सदस्यीय टोल समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष– भक्त बहादुर सोमै, सचिव– थम्मन पुन, कोषाध्यक्ष– अन्जु पुन, सदस्यहरुमाः रेखा घर्ती, देबि सोमै, रुप सिंह, अंकिता पुन, दुर्गा केसी र दिपिका रहनुभएको छ ।

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिद्वारा संचालित पुर्बी एरिया समिति अन्तर्गत एमजि रोड टोल समितिको बार्सिक भेला सप्पन्न भएको छ । नगर समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थिति रहेकोे थियो । भेलाले अध्यक्ष– कृष्ण केसी, सचिव– सुदिप केसी, कोषाध्यक्ष– सुनिता पहेली, सदस्यहरुमाः बिपना केसी र लक्ष्मी केसी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार