युवाराज शर्माजीलाई हार्दिक श्रद्धांजली

चेन्नई पश्चिम । छतमा झुण्डीएको रुख काट्ने दौरानमा दुई तलामाथिबाट खस्दा जैमिनी नगरपालिका ७ ब्यार्थला च्याने, बाग्लुङ निवासी मनिलाल शर्माका छोरा युवाराज शार्माले ज्यान गुमाएका छन् । ५४ वर्षिय युवाराज शार्मा हाल चेन्नईको चर्चलाई नं १०/५, भेपरी, चेन्नै मा कार्यरत थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्धारा सञ्चालित किल्पाक एरिया समितिका सदस्य रहेरका युवाराज शार्माको निधनप्रति दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले श्रद्धान्जली प्रकट गरेका छन् । साथै बस्यालले मृतकका आफन्त जनप्रति समवेदना र धैर्यधारणाको कामना प्रकट गरेका छन् ।

युवाराज शर्मा रातीको डिउटी सकेर रूममा आएका र २१ फरवरी २०२० का दिन आफु बस्ने फ्लाटको असोसिएशनले छतमा झुण्डीएको रूख काट्ने निर्देशन अनुसार सो कार्य गर्ने दौरानमा दुइ तला माथीबाट तल खसेर घायल भएको प्रत्यक्ष दर्शिहरुले बताए । प्रत्यक्ष दर्शिहरुका अनुसार घायल युवाराजलाई राजीवगान्धी हस्पिटल (जिएच) मा लैजादै गर्दा उनको बाटोमा निधन भएको थियो ।

उक्त घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याललाई हुना साथ क्षेत्रीय सदस्य उमान्नद शर्मा, नगर उपाध्यक्ष देवी ढकाल, पश्चिम नगर सहसचिव यामकुमार नेपाली, सदस्य पशुपति शर्मा, उत्तर नगर सदस्य रमेश पौडेल, इन्द्र पौडेल, कान्ताराम शर्मा, एकादेव शर्मा, माउन्टरोड एरिया अध्यक्ष लोकराज भुसाल र जनसम्पर्क समितिका केन्द्रीय सदस्य चन्द्रकान्ता आचार्य लगायतको टोली हस्पिटल पुगी सोधपुछ गरिएको थियो ।

घट्ना स्थलमा पुगेर निरिक्षण गर्नुका साथै फ्लाटको असोसियेशनसँग क्षतिपूर्तिका लागि माग गरिएको थियो । स्थानीय भेपरी पोलीस स्टेशनमामा पुगेर एफ.आई.आर. दर्ज गर्नुका साथै आबश्यक प्रक्रियाहरू पुरा गर्न मृतकका आफन्त र इष्टमित्रहरुलाई सहयोग गरिएको थियो ।

मृतक युवाराज शार्माको शवलाई २२ फरवरी २०२० का दिन करिव १ बजेको समयमा नुङगामबाक्कम (लोयाला कलेज नजीक) चेन्नईको संसान घाटमा दाहसंकार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार