भिवानीमा मूल प्रवाहको टोल समिति निर्माण

बिकाश मल्लठकुरी

भिवानी, २५ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत सेक्टर १३ मा टोल समिति निर्माण गरिएको छ । बिकाश मल्लको पहलमा र नगर अध्यक्ष मोहन सिंह बिक र उपाध्यक्ष मनिराम अधिकारीको विशेष उपस्थिति रहेको थियोे ।

पदम सिंह ठकुरीको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– मनोज शर्मा, सचिव– प्रकाश सिंह ठकुरी, कोषाध्यक्ष– मोहन सिंह बिक, सदस्यहरुमाः बिशाल नेपाली, अमृत नेपाली, शुनिल पाण्डे, हरि सारुमगर, सतिश नेपाली, सुरेन्द्र सिंह ठकुरी र मान बहादुर रायमाझी रहनु भएको छ ।

नव गठित टोल समितिलाई मनिराम अधिकारीले शब्दमा बधाई तथा नव कार्यकालको शुभकामना दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार