गजल

  • केशव गाहा पाल्पाली

उग्र वामपन्थीहरूलाई क्रान्तिकारी सम्झियो
र त नीति सिद्धान्त छोडेर उ सँगै घाँटी जोडियो

थोत्रा क्रान्तिकारी कुरा नगर्नुहोस् महोदय
तपाईंको अवसरवादी चरित्र छर्लङ्ग देखियो

खुन पिएर जातिय बिभाजन गर्दै हिँड्नेलाई
कसरी भन्दै हुनुन्छ नीति सिद्धान्तमा उ सच्चियो

आफ्नो नीति सिद्धान्त र क्रान्तिकारी अभियानमा
ईमान्दार हुनुहुन्छ भन्ने केबल भ्रम थियो

एउटा सच्चा देशभक्त क्रान्तिकारी योद्धा सम्झि
तपाईंलाई हमेसा साथ दिएर भुल गरियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार