मई दिवस र हाम्रो समाज

–सुरेशकुमार पाण्डे

एक मई “अर्थात् १९बैशाख” संसारभरमा मजदुरहरूले यो दिनलाई मजदुर मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । जुनसुकै कार्यक्रमको आयोजना गरेर मनाएता पनि अथवा फरक–फरक ढंगबाट मनाइने मजदुर आन्दोलनको उदेश्य भने एकैनासे हुनुपर्छ । तर, कतिपयले मात्र औपचारिकता पुरा गर्ने गर्दछन् ।

तमाम श्रमजिविहरूको हकहित र प्रज्वोलित अधिकारको रक्षा, समान कामको समान ज्याला आदि बिषयहरूका लागि संघर्ष गर्ने एउटा माध्याम पनि हो । अरू देशमा भन्दा हाम्रो देशमा मई दिनको महत्व अझ बढि हुनुपर्ने हो । किन की हाम्रो देश नै मजदुर जन्माउँने देश भने पनि फरक पर्दैन । अहिले पनि लगभग दुनियाँको १७२ देशहरूमा नेपाली मजदुर भेटिन्छन् । ११० देशहरूसँग श्रम स्विकृती र आठ देशसँग श्रम सम्झौता भएको देखिन्छ । यो एउटा उदाहरणले पनि के पुष्टी हुन्छ भने नेपाल एउटा विस्व मै यस्तो देश हो, जसले विश्वका अधिकांश देशहरूमा श्रमजिविहरूलाई पठाएको छ ।

आफ्नो देशमा रोजगार छैन तर, अरूको देशको लागि मजदुर निर्यात गर्ने देश नेपाल बनेको छ । सबै थोक आयात गर्छ तर, युवा मात्र निर्यात गर्दछ । त्यसकारण हाम्रो देश मजदुरहरूको देश बनेको देखिन्छ । त्यसैले पनि १ मईले हाम्रो लागि अत्यान्तै महत्व राख्द छ । त्यो मात्र होइन, कतिपय देशमा हाम्रा युवाहरू भाडाका सैनिक समेत भएकाछन् । कुनैपनि देशले नेपाली युवाहरूलाई आफ्नो देशको रक्षाका लागि प्रयोग गरेकाछन् । चौकिदार बनाएर, भाडाका सिपाही बनाएर, भान्से, कुल्लि र विकासका लागि प्रयोग गरेकाछन् । युद्धमा सामिल गराएर नेपाली युवाहरूलाई आपसमै पनि लडाएका छन् ।

यस्तो व्यबहार नयाँ होइन धेरै पुरानो छ । यसको बारेमा इतिहासलाई अध्ययन गर्नुपर्छ । तर गोरखा केन्द्र खोलेपछि वैधानिक रूपमै विदेशी चाक्कर भएको देखिन्छ ।

प्रसंग बदलौँ–
अहलिको बिषय मजदुर आन्दोलनको बारेमा एक मईको के अर्थ छ भन्नेबारे नै हो । हामीले मई दिवसको बारेमा अध्ययन गरेपछि यसको ऐतिहासिक महत्वको बारेमा बुझ्ने छौँ । मई दिवसको इतिहास धेरै लामो छ । जसको कार्य दिवस वा कामको समयसँग अटुट् सम्बन्ध छ । कुनै वेला सुर्य उदाएदेखि अस्ताएसम्म कजाउँने चलन थियो । जसको बिरोधमा उन्नाइसौं सताब्दी तिर अमेरिकामा मजदुरहरूले आवाज उठाएका थिए । जहाँ उद्योगिक क्षेत्रहरूको विकास भयो, कल कारखानाहरू खोलिए त्यहाँ मजदुरहरूमा अमानविय व्यबहार पनि सुरू भयो।

त्यो वेला १८/२० घन्टासम्म कजाउँनु सामन्य जस्तै थियो । सन १८०६ मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हड्ताली मोचीहरूका नेताहरूमा साझिसका मुकद्माहरू चलाए । यिनै मुकद्माहरूमा यो विषय प्रष्ट भएको थियो । मजदुरलाई १९÷२० घन्टासम्म काम गराइनथ्यो । उन्निसवी सदिको दोस्रो र तेस्रो दशकमा कामको समय कम गर्नका लागि गरिएको हड्तालले भरिएको थियो । कयौँ औद्योगिक केन्द्रमा त कामको समय दस घण्टा गर्नुपर्ने माग पनि उठ्यो ।

“मैकेनिस युनियन आँफ फिलाडेल्फिया” लाई दुनियाँको पहिलो ट्रेड युनियन मानिन्छ । जो १८२७ मा फिलाडोल्फियामा कामको समय दस घन्टा निर्धारित गराउँनको लागि निर्माण उद्योगमा एउटा हड्ताल गराउँने श्रेय पनि जान्छ । सन १८३४ मा न्यूयार्कमा नान बाइयौँको हड्तालको दौरान “बर्किंग मेन्स” नामक अखबारले छापेको थियो– पाव रोटी उद्योगमा लागेका कारिगर वर्षौँ मिस्रका गुलाम भन्दा पनि बढी यातना झेल्दै थिए । उनीहरूलाई १८/२०घन्टासम्म काम गराइनथ्यो ।

“भनिन्छ जहाँ अन्याय र अत्याचार हुन्छ त्यही बिद्रोह पनि हुन्छ ।” त्यस्तै भयो। यिनै इलाकाहरूमा छिट्टै दस घण्टा कार्यदिवसको मागले आन्दोलनको रूप लियो । हुन त यो आन्दोलनलाई सन् १८३७ को त्यो संकटले बाधा पनि पुरायो । तर पनि यो आन्दोलन दिन प्रतिदिन विकसीत हुँदैगयो र यही दौरान बाँन ब्यूरेनको संघीय सरकारलाई आफ्ना कर्मचारीहरूको लागि कामका घण्टा दस गर्ने घोषणा गर्नै प¥यो । संसारभरिका मजदुर कर्मचारीहरूले कामको समयय दस घण्टा गर्ने मागलिएर अगाडिका दशकहरूमा संघर्षहरू निकै भए । जसै जसै केही औद्योगिक क्षेत्रमा यो माग मानियो, त्यही प्रकारले उनीहरूले अब कामको समय आठ घण्टाको माग बढ्न थाल्यो । पचासको दशकको दौरान लेवर युनियनलाई संगठित गर्ने गतिबिधीले पनि यो नयाँ मागलाई काफी मदत् मिल्यो । १८५७ को सकंटले यसमाथि पनि रोक लाग्यो । यो माग केही सुसंगठित उद्योगहरूमा यो संकट आउँनु अघिनै मानिएको थियो । यो आन्दोलन अमेरिकामा मात्रै होइन बरू प्रत्येक त्यो ठाउँमा प्रचलित हुँदैगयो जहाँ पुँजिवाद उभारमा आउँदै थियो । जहाँ मजदुरहरूको शोषण भएको थियो । यसबारेमा यसरी पनि प्रमाणित भएको थियो । अमेरिकाबाट पृथ्वीको अर्को कुनामा स्थित अस्ट्रिलियामा निर्माण उद्योगका मजदुरहरूले यो नारा दिएका थियो।

“आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” यो उनिहरूको माग सन १८५६मा मानियो पनि । अमेरिकामा सन १८८४मा “कामका घण्टा आठ गरौँ” आन्दोलनबाट सुरूभयो । हुन त यो भन्दा पहिलो पिढिले पनि एउटा राष्ट्रिय श्रम संगठन ‘नेश्नल लेबर युनियन’ ले जसले एउटा जुझारू संगठानिक केन्द्रको रूपमा बिकसित हुने आस जगायो । छोटो कार्य दिवसका लागि आवाज उठाएको थियो र यसमा एउटा आन्दोलन खडा गर्ने प्रस्ताब पनि राखेको थियो । गृहयुद्धको प्रथम वर्ष (१८६१–६२)ले केहि राष्ट्रिय ट्रेड यूनियन लोप हुँदै गैरहेको पनि देखा प¥यो ।

यो संगठन युद्ध सुरूहुनु भन्दा ठिक पहिले बनेको थियो । यसमा “मोल्डर्स यूनियन मेकिनिस्ट्रस र ब्लैकस्थिस यूनियन” प्रमुख थिए । अगाडिका केहि वर्षहरूमा केहि स्थानीय श्रमिक संगठनहरूको राष्ट्रिय स्तरमा एकिकरण पनि भएको थियो । यिनि यूनियनहरूलाई एउटा राष्ट्रिय संघको आवस्याकता देखियो । २० अगस्त १८६६ मा नेश्नल लेवर यूनियन बनाउँने वेला तीन ट्रेड यूनियनका प्रतिनिधिहरू बाल्टीमोरामा मिले र राष्ट्रिय संगठनको निर्माणका लागि जुन आन्दोलन चलाएका थिए । त्यो आन्दोलनको नेतृत्व बिलियम एच सिल्बिसले गरेका थिए । यिनी पूनर्गठित “मोल्डर्स” यूनियनको नेता थिए ।

अमेरिकामा सन १८८९ मै पहिलो मईलाई त्यो दिनको रूप लिइयो जुन दिन दुनियाभरिका मजदुर आ–आफ्ना पार्टी र ट्रेडयूनियनको रूपमा संगठित हौउन् । आफ्नो सबैभन्दा महत्वपूर्ण माग “राजनीतिक माग, आठ घण्टाको कार्य दिवस” को मागका लागि संघर्ष गरून् । पेरिस कांग्रेसको यो महत्वपूर्ण निर्णय शिकागोमा पाँच वर्ष पहिले लिएको एउटा निर्णयबाट प्रभावित थियो । “यो निर्णय पाँच वर्ष पहिले शिकागोमा एउटा नव निर्मित अमेरिकी मज्दुर संगठन– द फेडेशन आँफ आर्गेनाइज्ट ट्रेड एण्ड लेबर यूनियन आँफ द यूनाईटेड स्टेटस एण्ड कनाडा” जसले पछि आफ्नो संक्षिप्त नाम “द अमेरिकन फेडरेशन आँफ लेबर” को नामले प्रसिद्ध भयो । यही यूनियनका प्रतिनिधिहरूले निर्णय लिएका थिए । ७ अक्टुबर सन १८८४ मा यो संगठनको चौथो सम्मेलनमा निम्नानुसार निर्णयहरू पारित भएकाथिए– “फेडरेशन आफ आर्गेनाइज्ड ट्रेड एण्ड लेबर यूनियन आफ द यूनाइटेड स्टेस एण्ड कनाडा” यो तय गर्द छ कि पहिलो मई १८८६ बाट आठ घण्टाको कार्य दिवस हुने छ, र हामी मजदुर संगठनहरूसँग आव्हान गर्दछौँ की हामी सबै आ–आफ्ना अधिकार क्षेत्र अनुसार आफ्नो नियमलाई यस्तो निर्धारित गरौँ की त्यो नियम यही प्रस्ताब अनुकुल होस् ।

नाइटस आँफ लेबरको नेतृत्वको गद्धारिका बाबजुद १८८६मा लगभग ५लाख मजदुरहरूले आठ घण्टा कामको कार्य दिवसको मागलाई लिएर “कामका घन्टा आठ गरौँ” आन्दोलनमा प्रत्यक्ष सहभागि भए । हड्तालको केन्द्र शिकागो थियो । यहाँ सबैभन्दा बढि हड्ताल भएको थियो । अमेरिकन फेडरेशन आँफ लेबर पार्टीले दिसम्वर १८८८ आफ्नो सम्मेलनमा पहिले नै यस्तो प्रदर्शनको लागि पहिलो मई १८९०को दिन तय गरिसकेको थियो । यसैले यो दिनका लागि अन्तर्राष्ट्रिय प्रदर्शनका लागि स्वीकार गरिन्छ । बिभिन्न देशका मजदुरहरूलाई आ–आफ्नो देशको मौजुद परिस्थिती अनुसार यो प्रदर्शनलाई अनिवार्य आयोजित गर्नुपर्दछ । यसरी सन १८९०को मई दिवस कयौं युरोपिएन देशहरूमा मनाइयो । ३÷४ मईको घटना “हे मार्किटमा भएको कांडबाट चिनिन्छ । प्रष्टै छ पहिलो मेईको हड्तालको परिणाम थियो । ४मेईमा ‘हे’ मार्किट स्क्येरमा भएको प्रदर्शनमा ३ मईमा मकेका “कर्मिक रियर वर्कर्स” मा मजदुरहरूको एउटा सभामा पुलिसको बरबरता र कार्यता पूर्वक दमनमा ६ जना मजदुर मारिएका थिए र कैयौं घायल पनि भएका थिए । यसैको बिरोधमा भएको सभाको अन्तिम तिर अचानक एउटा बम बिस्फोट भयो जसमा चार मजदुर लगायत सात जना पुलिस कर्मि पनि मारिएका थिए । ‘हे मार्किट’ को भयानक रक्तपातले मजदुर नेताहरू पार्सन्स स्याइस, फिसर र एञ्जेललाई फाँसिमा झुण्डाइयो र शिकागोका तमाम नेताहरूलाई कैद, संघर्षरत मजदुरहरूलाई शिकागोका मालिकहरूको यो जवाफ थियो । मालिकहरूले मजदुरहरूसँग बदलालिने न्यू खोजिरहेका थिए । सन १८८६ को उत्तरार्धमा मालिकहरूले १८८५÷८६को आन्दोलनकै दौरान गुमेको आफ्नो पुरानो स्थितिलाई फेरी प्राप्त गर्न धेरै आकार्मक रूख अपनाउन पुगे । पुँजिपतिहरूले आफ्नो गुमेको अस्तित्व फिर्ता लिन सकेसम्म दमन गरे ।

यसरी मई एकले अत्यान्तै संघर्षसिल र ऐतिहासिक गाथा बोकेको छ । मजदुरहरूको त्याग बलिदान र संघर्षबाट प्राप्त भएको आठ घन्टाको कार्य दिवसको गौरवमय इतिहास बोकेको छ । हामीले हाम्रो देशमा वा अरूको देशमा गएर कामको जुन निर्धारित समय आठ घण्टालाई आ–आफ्नो अधिकार सम्झिन्छौँ, त्यो यही एक मईको इतिहासमा रगतले लेखिएको त्यसैको देन हो ।

आज खासगरेर हाम्रो देशमा र विश्वका श्रमजिविहरूको लागि प्रेणाको श्रोत हो मई दिवस । अहिलेको विश्वमा निजिकरणले फेरी बिस्तारै मजदुरहरूले लामो संघर्षद्वारा प्राप्त अधिकार खोसिंदै गएको छ । त्यसैले गर्दा पनि एक मईको त्यो बलिदानी पूर्ण संघर्षबाट हामी सबै श्रमजिवि जनताहरूले प्ररेणा लिएर दुनियाँ भरिका श्रमजिविहरू फेरी एकपटक आफ्नो हकहितको रक्षाका लागि जुर्मुराउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार