नवांशहरमा एरिया समिति गठन

नवांशहर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नवांशहर नगर समिति अन्तर्गत फिल्लोरमा एरिया भेला सम्पन्न भएको छ ।

भेला बावुराम विकको पहल तथा क्षेत्रीय सदस्यहरु छविलाल सापकोटा, तुलबहादुर रसाइली र रोपड नगर समिति अध्यक्ष मनिराम सापकोटाको विषेश उपस्थिति सम्पन्न भएको थियो । भेलामा मूल प्रवाहको आवश्यकता र विभिन्न समसामयिक विषयहरुमा चर्चा परिचर्चा पश्चात १९ सदस्यीय एरिया संगठन समिति निर्माण गरिएको छ ।

जसमाः अध्यक्ष– विना सुनार, उपाध्यक्ष– हरिलाल, सचिव– काजीमान, सहसचिव– राजकुमार विक कोषाध्यक्ष– बाबुराम सुनार र सदस्यहरुमा गौरी सुनार, माया सुनार, अर्जुन सुनार, मोतिलाल सुनार, जितबहादुर सुनार, प्रेम विक, मोहन चंद, अमरबहादुर सुनार, गोपाल सुनार, हिक्मत सुनार, राधा थापा, सुनिल विक, बाबुलाल चौधरी र विर कुमारी रहनुभएको छ ।

नवनिर्वाचित सो समितिलाई क्षेत्रीय सदस्य छविलाल सापकोटाले वधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार