रोहतकमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

धर्म सुनार प्युठानी 

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन भएको छ ।

नगर समितिका सदस्य विक्की परियारको सञ्चालन नगर अध्यक्ष सुभाष गौतमको अध्यक्षतामा सुरूभएको कार्यक्रममा नगर उपाध्यक्ष उषा विक, सदस्य संतराम विक, नगर महिला संयोजक सिता परियार, सिटी एरियाबाट खेमबहादुर कुमाल, नगर सदस्य मिना चौधरी, सिविल लाईन एरियाबाट चन्दन परियार, दुर्गा कालोनी टोलबाट कमला खत्री, जनजाति बिभागका बिक्रम चौधरीले अतिथि आसन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाईसिता परियारले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

त्यसै गरि श्रमिक बर्गको ईतिहास र यस दिनलाई मनाउने हाम्रो चलन बारेमा उषा विक र संतराम विकले मन्तब्य राख्नुभएको थियो । त्यसै गरि मञ्चमा अतिथि आसन ग्रहण गर्नुभएका अतिथिहरूले पनि आ–आफ्नो बिचार राख्नुभयो ।

अन्तमा

संसारका मजदूर एक हौ।

मजदूर दिवसका शहीदहरूलाई लालसलाम।

नेपाली एकता जिन्दाबाद।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सफल पारौँ, भन्ने नाराका साथ सम्पुर्ण साथीहरूलाई १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ब्यक्त गर्दै अध्यक्ष सुभाष गौतमले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार