बिकाश मल्लठकुरी
भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ ।
नगर सचिव भिम रायमाझीको सञ्चालन र नगर संस्थापक सदस्य बिबि कोपिलाको अध्यक्षतामा कार्यक्रम अगाडि बढेको थियो । सहिदहरुप्रति एक मिनेट मौन धारणा पछि कार्यक्रममा सहभागिहरुलाई उपस्थित जनमानसमा नगर उप सचिव भुप बहादुर थापा क्षेत्रीले शब्दमा स्वागत गर्नु भएको थियो ।
मूल प्रवाह क्षेत्रीय अध्यक्ष एवं केन्द्रीय सदस्य सालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियोे । अथितीहरुमाः क्षेत्रीय सदस्य गोवर्धन बिक, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि किक, क्षेत्रीय विद्यार्थी संघ सदस्य बिपना जिसि, नगर अध्यक्ष मोहन सिंह बिक, नगर विद्यार्थी संघ मनिशा परियार, नगर महिला बिभाग सदस्य अमृता सुनार, नगर उपाध्यक्ष मनिराम अधिकारीले आतित्थ्यता गर्नुभएको थियो ।
अथिती तथा अन्य बक्ताहरु बिकास नगर टोल समितिबाट स्याम बिक, विद्यानगर टोलबाट धन बहादुर सोमै, रामनगर टोलबाट रमेश जिसि, जगत कोलोनी टोलबाट प्रेम सुर्यवशी, १३ नम्बर सेक्टरबाट सुशील पाण्डेले मजदुर दिवसको बारेमा मन्तव्य राख्नुभएको थियो ।