अराजकताबाट शुरुभएको पार्टी निर्माण र वर्तमान

क. विजय

सैद्धान्तिक र राजनीतिक प्रश्नमा गम्भिर मतभेद भए पछि एकता नहुनु कसैको सन्दर्भमा पनि नकारात्मक मान्न सकिन्न । किन कि ती नै आधारभुत र महत्वपुर्ण पक्ष हुन् । क्रान्तिकारी माओवादीसँग एकता प्रकृयामा सामेल नभएका मशालका पक्षका केहि कामरेडहरूले आफ्ना धारणाहरू सार्वजानिक गर्दै सन्त बहादुर नेपाली पक्षले महाधिवेशनको निर्णय विपरित राजनीतिक र संगठनात्मक विषयमा स्पष्ट नहुँदै राष्ट्रिय भेलाको म्यान्डेट विपरित बहुमत पुराएर सिद्धान्तहिन एकता गरेको आरोप लगाएका छन् । त्यो गलत छ भन्दै असहमति राखेका छन् । एकता गरेका कामरेडहरूले भने मुख्य कुरा राजनीति ईशू भएको र त्यसमा सहमति भईसके पछि एकता प्रकृयामा सामेल नहुनु कम्यूनिष्ट आन्दोलनको विकाश नचाहने र प्रकान्तरमा प्रतिकृयावादी ब्यवस्थालाई सेवा पुराउने केटाकेटीपन हो, भनिरहेका छन् । दुई पक्षहरू विच एकले अर्कोलाई दोषि ठहर गराउने प्रयत्न गरेका छन् । समर्थकहरू विच आरोप प्रत्यारोप आरम्भ भएको छ । आरोपहरू कहाँ र कुन मोडमा गएर टुंगिने हुन् वा अरु आक्रमक रुप लिंदै जाने हुन् समयले नै बताउला ।

एकतामा सामेल नभएका कामरेडहरूको तर्कहरू निम्न प्रकारका रहेका छन् । ‘मशाल’ माक्र्सवाद लेनिनवाद माओत्सेतुङ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने पार्टी हो । जातिय पहिचान आत्मनिर्णयको अधिकार सहितको संघीयताको विरोध गर्दछ । माओवादी सशस्त्र जनयुद्धलाई उग्रवापंथी गल्ति मानेको छ । यस प्रकारका गम्भीर राजनीति मतभेदलाई नजरअन्दाज गरि एकता गर्नु गलत भएको बताउँदै सिद्धान्तहिन एकता बताएका छन् । दुबै पक्षहरूका धारणा र विषयहरू सार्वजानिक भए पछि त्यस बारे टीका टिप्पणी बहस हुनु कृया प्रतिकृया जनाउनु सामान्य र स्वभाविक हो ।

क्रान्तिकारी माओवादीको पथ प्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो । तत्कालिन माओवादीमा प्रचण्डपथका आविष्कारक मध्यका एक नेता वैद्य पनि हुन् । यद्यपि अहिले प्रचण्ड पथलाई क्रान्तिकारी माओवादीले सम्बोधन गरेको पाइदैन । क्रान्तिकारी माओवादी जातिय पहिचान, आत्मनिर्णयको अधिकार सहितको संघीयताको शुत्रधार भएको र आफुहरू नै त्यसको हिमायति ठान्दै आएका छन् । कोशी प्रदेश नामाकरण बारे पहिचानवादीहरूले गरेको विरोधलाई क्रान्तिकारी माओवादीको समर्थनले पनि पुष्टि गर्दछ कि जातिय र क्षेत्रीयता बारे उनीहरूको दृष्टिकोण के छ भन्ने । जस्ले देश विखण्डन र सामाजिक सद्भावमा फुटपार्न प्रेरित गर्दछ । हाम्रो देशको सन्दर्भमा अत्यन्तै घातक छ ।

भौगोलिक अखण्डता अक्षुण राख्न क्रान्तिकारी माओवादीको नीतिमा गैर जिम्मेवारीपन देखिन्छ । मशाल र क्रान्तिकारी माओवादी एकता घोषणा संघारमा स्वयं क्रान्तिकारी माओवादीका केही नेताहरू एकता प्रकृयामा असन्तुष्टि राख्दै बाहिएरको समाचारहरू पनि आएका छन् । ‘उनीहरूले आफ्नो नेतृत्वसँग एकताप्रति अप्रशन्न हुँदै माओवाद जनयुद्ध संघीयता जातिय पहिचान र जनयुद्धको अपमान गरेका समूहसँग एकता गर्नु गलत हो’ भन्ने धारणा राखेका खबरहरू सार्वजानिक भएका थिए । तथापि अहिले पनि क्रान्तिकारी माओवादीमा केही समय पछि मिसिएका ‘जनयुद्ध’ पछिका केही कामरेडहरू वाहेक । तर, उनीहरू पनि (क्रान्तिकारी माओवादी) को राजनीति स्वीकार गर्दै विलिन भएका छन् । अन्य एक वा अर्को वाहनामा विभाजन भएका भए पनि र पछि सामेल भएकाहरू जनयुद्धकालमा नेतृत्वदायी भुमिका निर्वाह गरेका नेता र कार्यकर्ताहरू नै हुन् र जनयुद्ध बारे गर्व गर्दै आएका छन् । जातिय पहिचान सहित संघीयताको आफुहरू नै पक्षपाती भएको दावि गर्दै आएका छन् ।

मशालबाट क्रान्तिकारी माओवादीमा सामेल भएका कामरेडहरूले स्वीकार गरि सक्नु भएको छ कि पथ प्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद (विचारधारा, ‘जनयुद्ध’ लाई ऐतिहासिक जनयुद्ध,) त्यो एउटा ईतिहास बनी सक्यो र ऐतिहासिक जनयुद्ध भन्दा फरक नपर्ने धारणा आएको छ । जातिय संघीयता आत्मनिर्णयको अधिकार लगायत विषयलाई सार्वजानिक बहस बनाउने भन्ने पनि समझदारी भएका धारणाहरू सार्वजानिक भएका छन् । ती गम्भीर प्रकृतिका विषयहरूमा बहस कसरी चल्नेछन् र ईशूहरूको समाधान कसरी गरिने छ । त्यो पनि निकट भविष्यले नै बताउला । त्यसो त तत्कालिन एकता केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि माओवादीमा मर्ज हुदाँ आफुहरू माओविचारधारामा कायम रहेको, धारा र वाद बारे बहस गर्ने धारणा सार्वजानिक गरेका थिए । त्यसपछि कहिल्यै बहस भएको जानाकारी छैन । बरु हुबहु माओवादमा नै विलिन भए ।

मशालबाट क्रान्तिकारी माओवादीमा सामेल भएका कामरेडहरूले भने झैं ‘माओवाद, जनयुद्ध, संघीयता बारे बहस हुन्छ र माओवादीहरूले आफ्ना गल्ति कमजोरीमा पुनरविचार गर्ने छन्’ भन्ने विश्वासिला आधारहरू देखिदैन । ‘माओवाद जनयुद्ध, संघीयता’ बारे उनीहरू गर्व नै गर्दै आएका छन् । अर्को विषय पनि उल्लेख गर्दा अप्रसांगिक नहोला, तत्कालिन माओवादीबाट फुटेर जहाँ गएका भए पनि बेलाबखतमा जनयुद्ध र तत्कालिन नेतृत्व माथी अदालती प्रश्न आरोप र अभियोग उठ्ने गर्दा एउटै स्वरमा खडा हुने गरेका छन् । त्यसबाट पनि स्पष्ट हुन्छ कि जनयुद्ध संघीयताप्रति जनयुद्धको पृष्ठभूमिबाट आएकाहरूलाई गर्व नै छ । बर्तमान अबस्थासम्म आईपुग्दा जनयुद्ध बारे पुनर्विचार गर्ने आटसम्म गरेका छैनन् । उनीहरूमा नैतिक दवाव छ । तसर्थ नेतृत्वप्रति केही असुन्तष्टि भएर फुटेर गएको भए पनि जनयुद्ध र त्यसका मूलभुत पक्ष र मार्गदर्शनमा खास असहमति देखिन्न ।

यस्तो परिपेक्ष्यमा आफ्ना नीतिमा परिबर्तन गर्न उनीहरूलाई सहज देखिदैन । त्यसैले अनुमान गर्न गाह्रो पर्दैन कि एकता प्रकृयामा सामेल भएका मशाल पक्षका कामरेडहरूले आफ्ना राजनीति र संगठनात्मक विषयहरूमा कति अडान कायम राख्न सक्नेछन् । वा (क्रान्तिकारी माओवादी) को राजनीति कार्यक्रममा नै समर्पण हुने छन् वा क्रान्तिकारी माओवादीले आफ्ना नीति कार्यक्रम बारे समीक्षा गर्ने छन् । त्यस बारे सम्पुर्णरुपले अहिले नै निश्कर्ष निकाल्नु हतार हुनेछ, यति चाँहि भन्न अतिशयुक्ति नहोला । मशालका कामरेडहरूले गम्भीर प्रकारका राजनीति ईशूका वावुजुद पनि सार्वजानिक बहसलाई जिम्मा दिई एकता गरेका छन् । त्यसमा ईमान्दारिता प्रदर्शन गर्न सके भने कि त क्रान्तिकारी माओवादीले आफ्ना नीतिहरूलाई सच्चाउनु पर्दछ । त्यसो भएन भने पुनः फुटको मुख्य आधार बर्तमान ईशूहरू नै हुने छन्, आश्चार्य मान्नु पर्दैन । त्यस बारे बर्तमान क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका नेताहरूमा नै निर्भर हुनेछ ।

मशालबाट एकतामा सामेल नभएका कामरेडहरूका सार्वजानिक लेख वक्तब्यहरू अध्ययन गर्दा तर्कसंगत र सिद्धान्तनिष्ठ विषयहरू नै देखिन्छन । तर, केही लेखहरूमा ने.क.पा. (मसाल) को नेतृत्वप्रति भने पुर्वग्राही चिन्तन प्रकट हुन छाडेको छैन । पूर्व (मशाल) का कामरेडहरूले आरोप लगाए जस्तो न त (मसाल) दक्षिणपंथी संशोधनवादी पार्टी हो, नत आफुहरू नै (मसाल)को राजनीति संघर्षका स्वरुपहरू भन्दा फरक नीति अपनाएर आफ्ना आरोपहरूलाई सहि सावित गर्न र फुटको औचित्यता पुष्टि गर्न सक्नु भएको छ । बरु सिद्धान्त विचार राजनीति भने (मसाल) को राजनीति संगत नै छन् । हास्यस्पद कुरा के छ भने (मसाल) बाट फुटेर क्रान्तिकारी विचारधारात्मक रक्षा गरेको आत्मरति गरेकाहरू वहाँहरूकै एक समूहले भने झै अन्ततः ‘सिद्धान्तहिन एकता गर्न पुगे’ भने झै अर्को पक्षले ‘एकता प्रकृयामा सामेल नभई कम्यूनिष्ट आन्दोलनको विकाश रुचाएनन् प्रकान्तरले प्रतिकृयावादी ब्यवस्थाको सेवा गर्न थाले’ हाम्रो आरोप होईन यो (मसाल) मा फरक विचार राखेको आधारमा नेतृत्वले पार्टीबाट निस्कासित गरेको भनि एउटै स्वरमा भ्रम सिर्जना गरेका र (मसाल) नेतृत्वलाई अनर्गल आरोप र गालीगलौज गर्दै कम्यूनिष्ट आन्दोलनमा फुटको एउटै कारण (मसाल) नेतृत्व भएको दोषारोपण गर्ने कामरेडहरू अहिले आफै छिन्न भिन्न हुँदै आरोप प्रत्यारोप गर्न शुरु गरेका छन् ।

(मसाल) ले आफ्ना कमिमजोरीहरू सच्चाउँदै पार्टीमा फर्कन आव्हान गर्दै आउँदा (मसाल) नेतृत्वलाई निम्न स्तरको आरोप लगाउन पछि परेनन् । हामीमा एउटा गलत प्रवृतिको विकाश भएको छ त्यो हो, आफुलाई ठिक लाग्दा वा अनुकूल परिस्थितिमा नेतृत्वको देवत्वकरण गर्ने अन्यथा राक्षेसीकरणमा उत्रि हाल्ने । राजनीति ईशूमा र वैचारिक विषयमा कम ब्यक्तिप्रति आग्रह पुर्वग्रह प्रतिशोध, त्यसप्रकारको चिन्तनले एकातिर विषय बुझ्न गाह्रो हुन्छ । अर्को तर्फ बुझेका विषयहरूलाई ईमान्दारिता पुर्वक प्रदर्शन गर्न अवरोध सिर्जना गर्दछ । आफु मात्रै ठिक, आफुले गरेको सबै ठिक भने जस्तो भएन ? सिष्टम पनि मान्नु नपर्ने निर्णय कार्यान्वयनमा अवरोध खडा गर्ने । कार्यकर्तामा भ्रम सिर्जना गर्ने, अनुशासन विहिनता तर्फ उक्साउने, यी अत्यन्तै गलत पक्ष हुन् । गलत भाष्य स्थापित गर्न खोज्दा घुमिफिरी आफु तिर पनि फर्किन्छ । त्यसैले रुपान्तरण आफैबाट शुरु गर्न अपरिहार्य आवश्यकता छ । नेतृत्व परिस्थितिको आवश्यकता हो जुन आन्दोलन र संघर्षको भट्टिबाट स्थापित भएको हुन्छ । यसको उत्पादन सिद्धान्त राजनीति दर्शन विचारधारात्मक स्पष्टता धैर्यता र कार्यान्वयनका साथै समयको गति संगै हुन्छ, निरपेक्ष हुदैन । तर, हरेक पार्टीमा नेताहरू प्रशस्तै उत्पादन हुन्छन् । नेतृत्व (लिडरशिप) एकाध मात्र हुने गर्दछन् । त्यसैले नेतृत्वको राजनीति राष्ट्र जनताप्रति सधै उत्तरदायित्व हुन्छ । त्यो त्यति सजिलो र सरल विषय होइन ।

राजनीति विचारमा भिन्नता आउनु वा कहिले काहीँ राजनीतिक सैद्धान्तिक र विचारधारात्मक रक्षाको निम्ति विभाजन हुनलाई पनि गलत भन्न सकिन्न । नीति सिद्धान्त राजनीति समान तर, नेतृत्वप्रति प्रतिशोध र ब्यक्तिगत महत्वकांक्षाका कारण फुट विभाजन हुनु दुःखत पक्ष हो । त्यसले जनतामा धोका हुन्छ र सिंगो आन्दोलनलाई नै क्षति पुराउँछ । कुनै पार्टीलाई अनर्गल दोषारोपण गर्न त्यो भन्दा फरक तुलनात्मक रुपमा क्रान्तिकारी नीति कार्यक्रमको आवश्यक पर्दछ । अन्यथा फुटको औचित्यता पुष्टि गर्न सम्भव हुन्न र मशालका कामरेडहरूले सक्नु पनि भएन । सिद्धान्त राजनीति समान कम मतभेद भएका पार्टीहरूसँगको एकता नै प्राकृतिक र परिस्थितिको माग हो । त्यसबाट एकता दिर्घकालिन टिकाऊको आशा गर्न सकिन्छ । त्यसको अर्थ यो होइन कि पार्टी भित्र मतभेद नै हुँदैनन् । एउटै पार्टी कमिटी भित्र पनि मतभेद हुने गर्दछन् । समाधान हुने फेरी नयाँ तरिकाले अन्तरसंघर्ष चल्ने जिवत पार्टीमा निरन्तर चल्ने स्वभाविक र सामान्य प्रकृया हो । तर, त्यो पार्टीको सिर्जनात्मक विकाशको लागि हुनुपर्दछ । वैचारिक राजनीति संघर्ष मैत्रीपुर्ण हुनु पर्दछ । नियत सुन्दरका साथै उदेश्य केवल पार्टीलाई अरु परिष्कृत गर्दै एकताबद्ध गर्ने अभिप्रेरित हुन आवश्यकता पर्दछ । ता कि आन्दोलन सशक्तरुपमा अधि वढ्न सम्भव होस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार