होटेल रोयाल प्याराडाइसमा कामगर्ने मजदूरहरूलाई मूल प्रवाहद्वारा इन्साफ

चेन्नई पूर्व । चेन्नईको तिर्पोरूर भन्ने ठाउँमा एक रोयाल प्याराडाइस होटेलमा करिव ६ जना नेपाली युबक र २ जना युवतीले काम गर्दै रहेकाहरुलाई मूल प्रवाहद्वारा इन्साफ दिलाइएको छ । उनीहरुलाई होटेल मालीकले दवावमूलक ढंगबाट काम लिने, गाली गलौजका साथै कुटपिट समेत गर्ने, नोकरी छोडेर बाहिर जान खोज्दा ज्यान मार्ने धम्की समेत दिने गरेको र एक प्रकारले भन्नुपर्दा कामदारहरूलाई बन्धक बनाएर राखेको खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिका अध्यक्ष तथा क्षेत्रीय सदस्य चन्द्रबहादुर थापालाई प्राप्त भएको थियो । पिडितहरुले फोन मार्फत थापालाई जानकारी गराए पछि सो रहस्य खुल्लन आएको हो ।

उक्त समस्याको जानकारी थापाले क्षेत्रीय समितिमा गराए पछि १६ फरवरी २०२० का दिन चन्द्रबहादुर थापा, नगर सदस्य लक्षमण चालीसे र नगर सदस्य तथा एरिया अध्यक्ष लोकराज पराजुली रहेको प्रतिनिधि टोली उक्त होटेलमा पुगेको थियो ।

प्रतिनिधि मण्डलले होटलको मालीकलाई भेट गरेको थियो । करिव एक घण्टा छलफल पछि मालिक डराएको थियो । मालिकबाट भएका कतिपय कमीकमजोरीहरूलाई औलाउँदै र अब आइन्द यसप्रकारकले मजदुरहरूलाई टर्चर गर्न नपाइने र यदि जागीर मन परेन भने छोड्न न अन्यत्र जान पाउने स्वतन्त्रता अधिकार मजदुरहरूमा रहेको र यस बिषयमा मालिकबाट कुनै दवाव दिन नपाइने, समयमा तलब दिनुपर्ने, गालीगलौज, हातपात गर्न नपाइने र खान बस्नको राम्रो ब्यबस्था हुनुपर्ने कुरामा जोड दिइएको थियो ।

होटल मालिकले पुनः यसप्रकारका कार्य दोहोराएमा र मूल प्रवाहले कानुनी प्रक्रिया अपनाउने सहमति गरेको छ । होटल श्रमिकहरुले मूल प्रवाहद्वारा राहत पाएको महसुस गर्दै खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार