पाण्डेचेरीमा टोल भेला सम्पन्न

पाण्डेचेरी, २४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण टाउन भित्र पर्ने किचेन किङ, (kitchen king hotel) होटलमा कार्यरत् नेपाली युवाहरु विच संगठन र भारतमा कार्यरत् नेपालीहरुका समस्या बारे व्यापक छलफल पश्चात मध्य दक्षिण टाउन एरिया अन्तर्गत (वी) टोल समिति निर्माण गरिएको छ ।
जसमाः अध्यक्ष– तिलबहादुर कार्की, उपाध्यक्ष– करण गिरी, सचिव– कमल सुवेदी, सहसचिव– विनोद तामाङ, कोषाध्यक्ष– वसन्त खरेल, सदस्यहरुमाः तेजबहादुर मगर, रमेश आलेमगर, युभिन्ट्र तामाङ, सायल मगर, आशिष राई र एक स्थान रिक्त रहेको छ ।
भेला नगर अध्यक्ष जनकराज पौडेल, केन्द्रीय परिषद तथा नगर सदस्य चन्द्रकान्त शर्माको विशेष उपस्थिति र तिल बहादुर कार्कीको पहलमा सम्पन्न भएको थियो । नगर अध्यक्ष जनकराज पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार