मेरो देश काटेर नखाउ

रवी शर्मा, पाण्डेचरी

मलाई दुख्यो भनेर चिच्याउन सक्दिन
मलाई काटेर नखाउ ।
रगत बगेको देखिदैन
अहिले,
त्यो पछि थाहा हुन्छ ।
जहिले मन दुख्छ ।
बरु तिमी जन्मेको
मिति लेख,
बरु तिम्रो
मुकुण्डो बनाउ
केक मा
तर मेरो देशको नक्सा बनाएर केक नकाट,
लेख बरु तिम्रो मिति,
काट बरु तिम्रो मुकुण्डो,
नकाट मेरो,
रास्टिय अखण्डता
नकाट मेरो,
स्वाभिमानि नक्सा,
बिस्वमा चिनिएको मेरो देश,
बहादुर,सान्ति र सस्कृतिले,
भौगोलिक रुपमा
भिन्न रहेको मेरो देश
टुक्राटुक्रा पारि
पिलेट मा राखेर नखाउ ?
खाउ बरु तिम्रो मिति,
खाउ बरु तिम्रो मुकुण्डो !!
चिर बरु तिम्रो छाति,
नचिर मेरो ह्रदय,
म बोल्न सक्दिन अहिले,
मलाई धेरै अपमान
भयो
भनेर,
म रुन सक्दिन अहिले
सरिरबाट बगेको रगत
कसैले पियो भनेर ।
म श्रम र लाज ले निहुरेको छु त्यसै त?
नुनचुक लगाएर नचिर मेरो घाउ ?
मेरो देश काटेर नखाउ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार