सोनीपतमा महिला नगर विभाग गठन

सोनीपत, २९ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समिति अन्तर्गत महिला नगर विभाग गठन गरिएको छ । केन्द्रीय उपाध्यक्ष कपिल खनाल र पश्चिमोत्तर क्षेत्रीय सदस्य उमानन्द बंजाडेको विशेष उपस्थितिमा सम्पन्न भेलाले सो नगर विभाग गठन गरेको हो ।

भेलाले इश्वरा विकको संयोजकत्वमा १९ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । जसमा सदस्यहरु क्रमशः शान्ता कार्की, उजाला बराल, चिन्तादेवी बंजाडे, कमलेस, शान्तिदेवी विक, भावना विक, उमा राना, गिता वैजाली, दिपा घर्ती, सर्मिला मगर, विष्णु राना, मञ्जु थापा, सावित्रा अधिकारी, कमला विक, मिरा लोहार, विष्मी देवी, उर्मिला विक र लक्ष्मी विक रहनुभएको छ ।

नया विभागीय समितिलाई केन्द्रीय उपाध्यक्ष कपिल खनालले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार