फरीदाबाद नगर समितिको १९औं सम्मेलनको तयारी भेला सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको १९औँ सम्मेलनको तयारी भेला सम्पन्न भएको छ । जसमा १३१ सदस्यीय तयारी समिति गठन गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिका सहसचिव विष्णु बिसीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष बाबुराम बिष्टले गर्नुभएको थियो । विशेष उपस्थितिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय प्रतिनिधि रामबहादुर बिक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य रमेश चन्द्र क्षेत्री, पश्चिमोत्तर क्षेत्रीय महिला विभाग कि सदस्य माया बिसी, विद्यार्थी संघ भारत पश्चिमोत्तर क्षेत्रीय सचिव कमल कुँवरको आतित्यथाता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेटको मौनधारणपछि अगाडि बढेको सो कार्यक्रममा उपस्थित सम्पूर्णलाई एन.आइ.टी एरियाका अध्यक्ष लोकराज थापाले स्वागत गर्नुभएको थियो ।

सो भेलाले १५ जनाको मूल समितिसहित १३१ जनाको तयारी समितिको गठन गरेको छ । मूल समितिमा बाबुराम बिष्टको संयोजकत्वमा विष्णु बिसी, रमेश चन्द्र क्षेत्री, शान्ता भुसाल, सरिता बिसी, मानसिंह बिष्ट, धरम खनाल, मानबहादुर पाण्डे, चन्द्र अधिकारी, सुरेश गिरी, किशन नेपाली, सूर्य क्षेत्री, बाबुराम भुसाल, अशोक कुँवर र लोकराज थापा रहनुभएको छ ।

त्यसैगरी पाँचजनाको आर्थिक समिति गठन गरिएको छ । जसमाः विष्णु बिसीको संयोजकत्वमा रमेश चन्द्र क्षेत्री, सरिता बिसी, कालिदास थापा र शकुन्तला थापा रहनु भएको छ । त्यसैगरी अशोक कुँवरको स्वयंसेवकमा १० सदस्यीय समिति गठन गरिएको छ । इन्चार्जमा सूर्य क्षेत्री, चन्द्र अधिकारी, बिमला महरा, सृजना पाण्डे, किसन नेपाली, सागर खड्का, प्रेम महरा र सुरेश गिरी रहनुभएको छ ।

त्यसैगरी त्यहाँ सम्पूर्णलाई स्वागत गर्नको लागि तीन सदस्यीय समिति गठन गरिएको छ । जसमा मानसिंह बिष्टको इन्चार्जमा विष्णु थापा र सुरेश गिरी रहनुभएको छ ।

त्यसैगरी त्यस सम्मेलनलाई साँस्कृतिक टोलीको पनि आवश्यकता भएको हुनाले सांस्कृतिक टोलीको गठन गरिएको छ । जसमाः सरिता बिसीको संयोजकत्वमा धरम खनाल, विष्णु बिसी, विपना बिष्ट, कमला थापा, कविता थापा, सृजना खनाल, मनिषा खनाल, शकुन्तला थापा, चन्दा थापा, चाँदनी थापा, शिव घिमिरे, शारदा कुँवर, सागर खड्का, नवीन केसी र निशा केसी रहनुभएको छ ।

त्यसैगरी धरम खनालको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । कमल कुँवर, सरस्वती पाण्डे, गोमिता पुन, मनिराम थापा, ज्ञानराज बिष्ट, आकाश पाण्डे, लोकराज थापा, सविता थापा, बाबुराम भुसाल, कालिदास थापा, उमेश जिसी, मिना जिसी, लक्ष्मण श्रेष्ठ, मानबहादुर पाण्डे, वेदराज आचार्य, तामाराम ढकाल, शान्ता भुसाल, मनिषा जिसी, सीता बिसी, सीता सुवेदी, सुशीला पाण्डे, नारायण राणा, राजेश कुँवर, मिश्री खड्का, सविता मगर, गोमा घिमिरे, मनु बिष्ट, सागर खड्का, दिपक अधिकारी, हरिकला भुसाल, माया थापा, कल्पना सापकोटा, मानबहादुर राउत, धनबहादुर थापा, किशन सुवेदी, सोनु रोका, रामु केसी, मिना केसी, गोकुल अधिकारी, घनश्याम भण्डारी, नन्दु, भीम श्रेष्ठ, नमकला बिष्ट, संगीता बिष्ट, बसन्ता खनाल, चुमान बस्नेत, विशाल बिसी, तारा सोमरे, रेशमा पुन, विकास क्षेत्री, लक्ष्मण कुसुम, कमल ढकाल, विष्णु जिसी, लेखराज चन्द्रकला, भुसाल नुमानन्द भुसाल, राधा बिसी, भगत बिक, किसन थापा, शीवा बिष्ट, बिमला थापा, श्याम थापा, बिमला पौडेल, रामबहादुर बिक, ऋतु भण्डारी, भक्त बहादुर पाण्डे, प्रतिभा भुसाल, मनिषा जिसी, सुरज सुवेदी, शिव घिमिरे, युवराज जिसी, सुनिल पाण्डे, विशाल पाण्डे, रेखा बिष्ट, तारकराज शर्मा, सुरेन्द्र थापा, जुना थापा, शिवराज भुसाल, शिव पाण्डे, हेमराज पाण्डे र सावित्रा रिजाल रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार